राजपा नेता राजेन्द्र महतो पिताभन्दा एक वर्ष जेठो

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,  नेपालमा धेरैपटक स्वास्थ्यमन्त्री र राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजकसमेत भइसकेका राजपा नेता राजेन्द्र महतो आफूलाई जन्मदिने बाबुभन्दा एक वर्ष जेठो देखिएका छन्

। वंशजका आधारमा नेपाली नागरिकता लिनका लागि बाबुको पहिचानसमेत प्रमाणपत्र भएकाले मात्रै अहिलेसम्म वंशजको नागरिकता पाउँदै आएका छन् ।

एक साताअघि बसेको मन्त्रिपरिषद्को बैठकले राजेन्द्र महतोको नागरिकता रद्द गरेको खबर बाहिर आएपछि राजपा नेता महतोको नाममा धेरै समाचारहरू समेत बजारमा आए ।

उनको नागरिकता रद्द भएको थिएन । अर्का राजेन्द्र महतोको नागरिकता रद्द हुनु नै राजपाका नेता राजेन्द्र महतोलाई यतिबेला आफ्नो बचाउ कसरी गर्ने भन्ने अर्को समस्या खडा भएको छ ।

अहिले गृह मन्त्रालयले तराई मधेसमा अनधिकृत रूपमा लिएका नागरिकताहरूको छानबिन सुरु भएपछि नेपाल सरकारको धेरै पटक मन्त्री भएकाहरूको पनि नागरिता जाने अवस्था देखिएको छ । अहिले चर्चामा रहेका राजपा नेता राजेन्द्र महतो पनि नेपाली नागरिकता अनुसार उनलाई जन्म दिने आफ्नै बाबुभन्दा एक वर्ष जेठा देखिन्छन् ।

यसले उनको नागरिकतामाथि अहिले संशय उत्पन्न भएको छ कि बाबु पहिले जन्मिएका छोरा ?। २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई कु गरेपछि २०२६ सालसम्म नेपालमा वंशज बाहेकलाई नागरिता दिएको इतिहास छैन । तर, महतोले २०३४ सालमा वंशजको नागरिकता लिएका छन् भने उनका बाबुले २०३५ सालमा नागरिकता लिएका छन् ।

यो प्रमाणअनुसार महतो आफूलाई जन्मदिने भन्दा पनि जेठा देखिएका छ । बाबुले भन्दा पहिले छोराले कसरी नागरिकता पाए त्यसको छनविन मात्रै अहिले राजेन्द्र महतोको विषयमा गृहले गरिरहेको छ ।

नागरिकता रद्द भएका राजेन्द्र महतो भने व्यापारी हुन् र उनी राजपाका नेता होइनन् । ओली सरकारले अनाहकमा नागरिकता वितरण गरेको भन्दै अहिले सीमा र नागरिकता विज्ञहरूले पनि प्रश्न उठाइरहेका छन् ।

तराई मधेसका कुन नेताले कस्तो नागरिकता लिएका छन् र उनीहरूको परिवारको अवस्था कस्तो छ भन्ने विषयमा अहिले विभिन्न विज्ञ र सामाजिक संघसंस्थाले पनि खोजी गरिरहेका छन् ।

नागरिकता वितरणको लामो समयदेखि विरोध गर्दै आएका नागरिकताविज्ञ हेमन्त सेढाइले सरकारले गैरकानुनी रूपमा नेपाली नागरिकता रद्द गर्न गृह अन्तर्गत समिति बनेपछि सरकारी समिति मात्र भएकाले विश्वास गर्ने ठाउँ नभएको बताए ।

राजपा नेता राजेन्द्र महतोको नागरिकता रद्द भएका खबरहरू आइरहेका बेला नागरिकता रद्द गरिएका राजेन्द्र महतो राजपाका नेता नभएर अरू नै भएको सरकारले उनलाई भने उन्मुक्ति दिन खोजिरहेको उनको भनाइ छ ।

देशान्तरसँग कुरा गर्दै उनले अहिले नागरिकता रद्द भएका राजेन्द्र महतो राजपाका नेता नभएर अरू नै भएको बताए । उनले राजपा नेता राजेन्द्र महतोका नागरिकता पनि शंकास्पद रहेको बताए ।

सेढाईले २०१७ सालदेखि २०४६ सम्म वंशजका आधारमा मात्र नागरिकता दिने परिपाटी भएकाले नेता महतोले पनि वंशजको नागरिकता लिएको र त्यो समयमा नेपाली नागरिकता लिने सबै भारतीयको नागरिकता वंशजको भएको बताए ।

सेढाईले राजपा नेता राजेन्द्र महतोको नागरिकता उनका पिताको भन्दा एक वर्ष अगाडिको भएकाले त्यसमा पनि छानबिन हुनुपर्ने बताए । राजपा नेता राजेन्द्र महतोले २०३४ लामा वंशजको नागरिकता लिए पनि उनका बाबुले २०३५ सालमा नागरिकता लिएको दाबी गरे ।

यसले पनि बाबुको भन्दा छोराको नागरिकता पहिले जारी भएकाले उनको नागरिकता पनि शंकास्पद भएको बताए । सेढाईले राजपा नेता अनिल झा र डिम्पल झाको नागरिकता पनि गैरकानुनी भएको बताए ।

उनले तराई मधेसमा दल खोलेर पटकपटक माननीय र मन्त्री भएकाहरू धेरैको नागरिकता गैरकानुनी भएको प्रमाण आफूहरूसँग भएको दाबी गरे । उनले मधेसमा दल खोलेका केही नेताहरू नेपाली नै भएकाले नेपाली नागरिकताको दुरुपयोग गर्नलाई कारबाही गरी नेपाली मूलका मधेसीहरूलाई संरक्षण गर्नुपर्ने भनाइ राखेका छन् ।

मन्त्रिपरिषद्ले नागरिकता रद्द गरेपछि अहिले गृह मन्त्रालयले भारतीय नागरिकलाई नेपाली भएको सिफारिस गरी नागरिकता दिलाउने कर्मचारीबारे अनुसन्धान सुरु गरेको छ । धनुषा र महोत्तरीका विभिन्न स्थानबाट आठ भारतीय नागरिकले झूटो विवरण पेस गरी नागरिकता लिएको सम्बन्धमा मन्त्रालयले ती जिल्लाका कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो ।

सरकारी टोलीका अनुसार झूटो विवरण दिएर नागरिकता लिएका भनिएका आठ व्यक्तिको प्रमाणपत्र रद्द गरिएको हो । मन्त्रिपरिषद्को बैठकले अशोक शाह, बिन्दे महतो, दानादेवी महतो, सोसिल महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द गरेको छ ।

धनुषाबाट बिन्दे र राजेन्द्रले २०४४ मा, राजेश्वरले २०३५ मा, दानादेवीले २०३५ मा, रामकिशोरले २०५३ मा, सोसिलले २०५८ मा र राजकुमारले २०६१ सालमा नागरिकता लिएका थिए । उनीहरू भारतीय भएको हल्ला चलेपछि अनुसन्धान गरी नागरिकता रद्द गर्न गृह मन्त्रालयमा पठाएअनुसार उनीहरूको नागरिकता रद्द भएको हो ।

गृह मन्त्रालयका अनुसार उनीहरूको नागरिकता रद्द भएको र उनीहरूले कसरी नागरिकता लिए भन्नेबारे अनुसन्धान भइरहेको छ । धेरै वर्षअगाडि नागरिकता लिएको र सुरुमा उनीहरूलाई कसले सिफारिस गरेको हो भन्नेमा पनि खोजी भइरहेको छ ।

मन्त्रिपरिषद्को बैठकले झूटो विवरण पेस गरी नागरिकता लिने र दिने दुवैलाई कारबाही गर्न निर्देशन दिएको छ । त्यसमा पनि सप्तरी जिल्ला र प्रधानमन्त्रीको गृहनगर झापालाई मुख्य टार्गेट बनाइएको छ, देशान्तरमा उल्लेख छ ।

ओलीको गृह जिल्लाबाट नेपाली नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषा जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहट जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनी चिनिने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता रद्द गरी कानुनबमोजिम कारबाही गर्ने निर्णय भए पनि सरकारले अहिलेसम्म कुनै कारबाही चलाइएको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!