थारु पत्रकार संघलाई मजबुत बनाउन सबैको साथ र सहयोग जरुरी ;सुमित्रा

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, थारु पत्रकार संघ चितवनको नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ ।

भरतपुरमा एक कार्यक्रमकाबीच समितिलाई पदस्थापन गरिएको संघका निवर्तमान अध्यक्ष कारी महत्तोले बताए । महत्तोले नयाँ अध्यक्ष सुमित्रा महतोलाइ कार्यसमितिको सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरेर पदस्थापना गरेका हुन्  ।

साथै, नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको छ । थारु पत्रकार संघका केन्द्रिय सदस्य सन्तकुमार चौधरी र केन्द्रीय तथा प्रदेश ३ का इन्चार्ज राजु चौधरीले प्रमाण प्रदान गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुमित्रा महतोले संस्थालाई मजबुत बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताइन् । उनले आउँदो भदौंमा हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन लागि समेत पर्ने बताइन् ।

संघको शनिबार नै बसेको पहिलो पाँच सदस्यीय सल्लाहकार समिती चयन गरेको छ । संघको गत शनिबार भएको तेस्रो अधि सुमित्रा महतोको अध्यक्षतामा सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । कार्यक्रममा निर्माण समितिका सदस्य एवंम संघका केन्द्रिय सदस्य सन्तकुमार चौधरीको अध्यक्षतामा भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!