चितवनका स्थानीय तहहरुले कार्यक्रम अन्तर्गत एचआइभी संक्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन,  चितवनका स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रम अन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ/आठ र खैरहनी नगरपालिकाले पाँच जनाको स्वास्थ्य बीमा गरेको भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरी सापकोटाले जानकारी दिए । उनका अनुसार भदौबाट लागू हुनेगरी उनीहरुको बीमा गरिएको हो ।

अहिले जिल्लामा एक हजार ७२९ जना संक्रमित छन् । उनीहरुमध्ये ८९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

जिल्लामा रहेका सबै संक्रमित खुलेर बाहिर आउन सकून् भन्ने उद्देश्यका साथ स्थानीय तहहरुसँगको समन्वय गरी बीमा कार्यक्रम शुरु गरिएको सापकोटाले जानकारी दिए ।

अस्पतालमा औषधि खाएको प्रमाण पेश गरेपछि संक्रमितको बीमा स्थानीय तहले गर्ने गर्दछ । सन् २०१९ को जनवरीदेखि जुनसम्म सात हजार ८०१ जनाको नमूना परीक्षण गर्दा ५४ जना संक्रमित भेटिएका छन्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!