अन्तर्राष्ट्रिय साहित्य सम्मेलनले ६ बुँदे लण्डन घोषणा-पत्र जाहेर गरि भब्य रुपमा सम्पन्न

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वाई.बी.गुरुङ्ग, लण्डन,  नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा दुई दशक भन्दा बढी समय देखी लागिपरेका डायस्पोराका नेपाली भाषी साहित्यकारहरुको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)केन्द्रीय समितिको संयोजन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलाएत च्याप्टरका अध्यक्ष सुमल कुमार गुरुङ्गको संयोजकत्व तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , बेलाएत च्याप्टरले लण्डनमा आयोजना गरेको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनले ६ बुँदे लण्डन घोषणा-पत्र जाहेर गरि भव्य रुपमा सम्पन्न गरेको छ ।

२-५ अगष्ट २०१९ ३ दिन सम्म चलेको उक्त साहित्य सम्मेलनाम बेलाएतका लागि नेपाली राजदूत महामहिम डा.दुबसु सुवेदीको प्रमुख अतिथ्यता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतबिद् डा.जगमान गुरुङ्ग, त्रिभुवन विश्वविधालय नेपाली मानक भाषा प्रमुख तथा अन्तर्राष्ट्रि नेपाली साहित्य समाजका सल्लाहकार प्राध्यापक डा. खगेन्द्र प्रसाद लुईटेलद्धयको विशेष आतिथ्यतामा सम्पन्न उक्त साहित्य सम्मेलनमा विश्व भरिका १२ देशका करिव ८० जना प्रतिनिधि, पर्यब्यक्षक र साहित्यानुरागीहरुले सहभागि जनाएका थिए ।

उक्त साहित्य सम्मेलनमा विभिन्न नयाँ तथा पुराना साहित्यकारहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । हरेक दुई वर्षमा आयोजना गरिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अनेसासको यो छैटौँ संस्करण थियो ।

उक्त सम्मेलनमा नेपाली साहित्यको पछिल्लो आयामहरुका बारेमा डायस्पोरिक साहित्यमाथि साहित्यकार एवंम प्राध्यापक डा.कविता लामा र बेलाएति नागरिक प्राध्यापक माईकल हटद्धारा “ नेपालमा २०७२ सालमा गएको महाभूकम्प पश्चात नेपाली समाजको मनोविज्ञान र उक्त घट््नाका बारेमा नेपाली साहित्यकारहरुको प्रतिकृयाका बारेमा करिव ३०० भन्दा बढी नेपाली कवितामाथि अनुसन्धनात्मक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सोहि अवसरमा बेलाएतका लागि नपाली राजदूत महामहिम डा.दुवसु सुवेदीले विभिन्न देशबाट उक्त सम्मेलनमा सहभागि भएका साहित्यानुरागीहरुलाई जम्मा गरि एक रात्रि भोजको आयोजना गरिएको थियो ।

अमेरिका, अष्ट्रेलिया, जापान, पोर्चुगल, बेल्जियम, नेपाल, भारत आदि लगाएतमा कृयाशिल अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का अध्यक्ष एवंम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

एक दर्जन भन्दा बढी कृतिहरु संयुक्त रुपमा विमोचन पनि गरिएको थियो । सम्मेलनको पहिलो दिन उद््घाटन समारोहमा बेलाएतबासी एवंम अन्य देशबाट आएका दुई दर्जन भन्दा बढी कविहरुले आफ््नो सृजना वाचन गरेका थिए ।

सम्मेलनको दास्रो दिन कार्यपत्र प्रस्तुत गरिएको थियो भने लण्डन घोषणा पत्र जारी गर्दै सम्मेलनको औपचारिक कार्यक्रम समापन गरिएको थियो ।

पहिलो उद््घाटन समारोह कार्यक्रम अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनमा लक्ष्मी राई (लारा) , अनेसास केन्द्रीय महासचिव गणेश घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए भने दोस्रो दिनको कार्यक्रममा अनेसास, केन्द्रका बरिष्ठ  उपाध्यक्ष प्रकाश पौड््याल “माईला”को संयोजकत्वमा अन्य केन्द्रीय उपाध्यक्ष र पदाधिकारीहरु समिति रहेको  एक संयुक्त घोषणा पत्र समितिले “लण्डन घोषणा—पत्र २०१९” केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीलाई हस्तान्तरण गरिएको थियो ।

बेलाएतका अध्यक्ष एवंम छैटौ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका संयोजक सुमाल कुमार गुरुङ्गले अनेसासको ईतिहासमा यो सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा यो सम्मेलन सफल पार्नमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए ।

के छ लण्डन घोषणा पत्रमा ?
१) नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनका लािग स्तरिय नेपाली भाषाका कृतिहरुलाई चयन गरि विभिन्न मुलूकका भाषामा अनुवाद गर्ने कार्यलाई निरतरता दिने ।

२)बिज्ञहरु संग परामर्श गरि डायस्पोराका नेपाली साहित्यकारहरुको ईतिहास तयार गर्ने ।

३)नेपाली भाषा साहित्यका विशिष्ट स्रष्टाहरुको पहिचान गरि उनीहरुको सम्मानलाई निरन्तरता दिने ।

४) डायस्पोराका बालबलीकाहरुलाई नेपाली भाषाको पठन पाठनको ब्यवस्था गरि पाठ््यसामाग्रीलाई आव्श्यक्ताअनुसार युगानुकूल तुल्याउने ।

५)अनेसास, केन्द्रीय कार्यसमितिले विभिन्न देशमा कृयाशिल च्याप्टरहरुसंग समन्वय गरि च्याटर तथा आजीवन सदस्यहरुको तथ्याङ््क अधाधिक गर्ने ।

६)विभिन्न विश्वविधालय तथा संघ संस्थाहरुसंग आवश्यक समन्वय गरि भाषा साहित्यको उन्नयनमा सहकार्य गर्नका लागि अनेसासलाई अनुसन्धन केन्द्रका रुपमा विकास गर्दै लैजाने ।

अनेसासको ईतिहासमा सबै भन्दा उत्कृष्ट कार्यक्रम गर्न सफल भएकोमा कार्यक्रम संयोजक सुमल कुमार गुरुङ्ग परिवार, अनेसास, बेलाएत च्याप्टरका सम्पूर्ण सदस्य लगाएत बेलाएतबासी शुभचिन्तक एवंम साहित्यानुरागीहरु प्रति सम्मेलनमा सहभागी सबैले कृतज्ञता सहित धन्यवाद दिएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!