जवरजस्ती करणीमा संलग्न रहेको आरोपमा अर्जुन पक्राउ

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, चितवन प्रहरीले जवरजस्ती करणीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएको असार २९ गते राती १० बजे सोही स्थानकी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिका वर्डा नम्बर २४ बस्ने अर्जुन बोगटीलाई प्रहरीले बुुधबार पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको हो ।

पक्राउ परेका बोगटीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ अन्तर्गत करणी सम्बन्धि मुद्दामा चितवन अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!