मोडेलिङ २०१९ बाट बेस्ट डान्स कोरियोग्राफि अवार्ड राजकुमारलाई

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

समीर नेपाल ,काठमाडौं  । बिगत लामो समय देखि नेपाली गित संगीतमा आवद्ध भइ आफ्नो काम बाट छुट्टै पहिचान बनाउन कोसिस गरिरह्नु भएका नृत्य निर्देशक राज कुमार दर्जी प्याजेनट नेपाल ईन्टरनेसनल द्वारा अयोजित फेसन एन्ड मोडेलिङ अवार्ड २०१९ बाट बेस्ट डान्स कोरियोग्राफि अवार्ड हात पार्न सफल हुनुभएको छ ।

उक्त अवार्ड कार्यक्रममा आज काठमाडौंको सभागृहमा भव्य समारोह बीच रेड कार्पेटसहित सम्पन्न भएको छ । नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत एवम् अवार्ड प्रदान गरिएको थियो ।

समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट फेसन फोटोग्राफर आदि विधामा अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरु प्रमोद अग्रहरि, नायक कपिल खत्री, गायिका अञ्जु पन्त, गायक धीरज राई लगायत कार्यक्रममा उषा खड्गीसहितका पूर्व मिस नेपालहरुको पनि सहभागिता थियो ।आयोजक संस्थाका प्रवन्ध निर्देशक मिथुन थापा हुन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!