पूर्वराजाको होइन तपाईकै यसकारण बढी बकबक

- August 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

देवेन्द्र चुडाल, पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहालले धम्कीपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।

पत्नी सीता दाहाललाई घुमफिर गराउन दुबई गएर स्वदेश फर्किएपछि उनले उपत्यकाबाहिर गएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट हटाउने धम्कीपूर्ण अभिव्यक्ति दिए ।

दाहालको त्यो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो । नेपालको संविधानले प्रत्येक नेपाली जनतालाई मुलुकभरमा स्वतन्त्रतापूर्वक घुमफिर गर्न, बन्द व्यापार गर्न नागरिकहरुसँग भेटघाट गर्न पूर्ण रुपमा अधिकार दिइएको छ ।

पूर्वराजा अहिले त्यही संविधानको परिधिभित्र रहेर चुपचाप बसिरहेको बेला पूर्वराजालाई सत्ताधारी दलकै अध्यक्षले धम्कीपूर्ण अभिव्यक्ति दिनु अहिले पनि सत्ताधारी दलका नेताहरु पूर्वराजाको लोकप्रियता देखेर डराउन थालेको आभास सहजै पाउन सकिन्छ ।

लोकतन्त्रमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, लेख्न पाउने ग्यारेन्टी संविधानले नै दिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दा अध्यक्ष दाहाललाई के को आपत्ति ?

यदि बोल्न लेख्न सत्ताधारी दल त्यसमा पनि अध्यक्ष दाहालले मात्र पाउने हो भने त्यस्तो लोकतन्त्र नेपाली जनतालाई चाहिँदैन त्यसको आवश्यकता हामी नेपाली जनतालाई छैन ? नागरिकहरुको आवाज सरकारसँग पु¥याउने दायित्व सञ्चार जगतकै हो ।

सञ्चार जगतले बोल्न नसक्ने नागरिकहरुको आवाजको प्रतिनिधित्व गरेको हुन्छ । पूर्वराजा बोल्न सक्दैनन् भनेर उनलाई धम्कीपूर्ण रुपमा धम्क्याउनु कहाँको लोकतान्त्रिक पद्दतिभित्र पर्दछ ? बोल्न सक्ने र लेख्न सक्ने व्यक्तिहरुको आवाज त न त सरकारले सुन्ने गरेको छ न त नेता भनाउँदाहरुले नै ।

नेताहरुको नजरमा आफूहरुले जे गरेपनि ठीक हुने तर उनीहरुले गरेका कृकृत्यका बारेमा सञ्चार जगतले लेखेको खण्डमा उनीहरु प्रतिक्रियाबादीको कित्तामा उभ्याइने प्रयास गर्नु लोकतान्त्रिक पद्दतिभित्रै पर्दैन भने हेक्का अध्यक्ष दाहाल लगायतका नेताहरुमा हुनु आवश्यक छ ।

तत्कालिन माओवादीले चलाएको १० वर्षे आन्दोलनमा झण्डै १७ हजार निर्दोष नेपाली जनताले ज्यान गुमाएका थिए । हजारौं व्यक्ति अपाङ्ग भएका छन् । आफ्नै देशभित्र हजारौं व्यक्ति शरणार्थीका रुपमा जीवन विताउन बाध्य पारिएका थिए ।

हजारौं आमा बाबुहरुले आ आफ्ना बालबच्चा गुमाए भने हजारौं बालबच्चा अभिभावकविहिन भए त्यसबेला ठुला भनिएका नेताका छोराछोरी कोही मरेनन् युद्धमा परेर जति मरे गरिब जनताकै छोराछोरी ।

अहिले तिनै गरिब जनतालाई देखाएर पार्टी अध्यक्ष दाहालले राजश्री जीवन विताईरहेका छन् । कहिले श्रीमतीको इच्छा पूरा गराउने नाममा राज्यकोषबाट रकम लिएर विदेश भ्रमणमा गएका छन् भने अहिले उनको परिवारका सबै सदस्यहरुलाई सुख सुविधा सहितका पदहरु प्राप्त भएका छन् ।

विहे गरेर गइसकेको छोरी ज्वाईहरु समेत दाहालकै परिवारभित्र रहेका छन् । हिजो आन्दोलनका बेला तपाईको आदेशलाई स्वीकार गरेर सशस्त्र युद्धमा हिडेका व्यक्तिहरु आज सडकमा छटपटाएर बसेका छन् । उपचार खर्च नभएर गोलीका छर्राहरु शरीरमा लिएर बाँच्न बाध्य भएका छन् ।

हिजो अमेरिकालाई साम्राज्यवादी भनेर ठुला ठुला भाषण गरि त्यही अमेरिकालाई गाली गर्ने तपाईले नै आफ्नी श्रीमतीको उपचार गर्ने नाममा अमेरिकाको शयर गर्नुभयो । आखिरी त्यसबेला तपाईसँगै जनयुद्धमा लड्ने कार्यकर्ताहरुले के पाए त ?

भारतमै बसेर उनीहरुकै दानापानी र सुरक्षा संयन्त्रभित्र रहेर त्यही भारतलाई गाली गर्ने र आवश्यक परेको खण्डमा भारतसँग सुरुङ्ग युद्ध गर्न निर्देशन दिने तपाई नै होइन र ? त्यसबेला तपाईको त्यो बोली सतप्रतिशत झुठ रहेको अहिले प्रमाणित भएको छ ।

बाहिरी रुपमा अमेरिका र भारतलाई गाली गरेर आफूँ नेपालवादी भएको देखाउन र जनतालाई झुक्याएर जनताको समर्थन लिन तपाईले झुठ बोलेको रहेछ भन्ने अहिले प्रमाणित भएको छ ।

नेपाल स्थित भारतीय दुतावासको निर्देशनमा तपाई पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिले हालै नेपाल भ्रमणमा आएका भारतीय जासुस संस्था “र” रिसर्च एनालाइसिस “विन”का प्रमुखसँग दुई घण्टासम्म गोप्य कुराकानी गर्नुको रहस्य के ?

एउटा सहसचिवस्तरको व्यक्तिसँग पूर्व प्रधानमन्त्री रहिसकेका व्यक्तिले आफ्नो मर्यादाक्रमलाई वेवास्ता गर्दै गोप्य भेटघाट गर्नुको रहस्य के ?

तपाई कहिलेसम्म नेपाली जनतालाई झुक्याउन सक्नुहुन्छ, पार्टीभित्रै पनि प्रधानमन्त्री केपी ओलीलाई असफल सावित गरेर जति सक्दो छिटो प्रधानमन्त्री पद हत्याउने दाऊमा तपाई रहेको तपाईकै पार्टीका नेताहरुले बताउन थालेका छन् ।

माछा देखे दुलोभित्र हात भ्यागुतो देखे दुलो बाहिर हात भन्ने नेपाली उखानलाई कहिलेसम्म चरितार्थ गरिहरने, कहिलेसम्म जनतालाई झुक्याएर तपाई कहिलेसम्म आफूलाई राष्ट्रवादी भनिरहनुहुन्छ ? तपाईले आफूलाई राष्ट्रवादी भन्ने होइन जनताले तपाईलाई राष्ट्रवादी भन्न सक्नुपर्दछ तर तपाईप्रति जनताको वितृष्णा बढिरहेको हेक्का भएकै होला ।

बोल्नु, ढाँट्नु र उडन्ते भाषणा गर्न नजान्ने व्यक्ति नेपालमा नेता हुनु सक्दैन । तपाई पनि त्यही कोटीमा पर्नुभएको छ । जनताले तपाईका कुरा पत्याउन छाडेपछि किन तपाई पूर्वराजालाई गाली गलौज गर्नुहुन्छ ?

२०६२/६३ आन्दोलनको एजेण्डामा सक्रिय राजतन्त्र मात्र अन्त्य गर्ने भनिएको थियो त्यो एजेण्डामा मुलुकलाई धर्म निरपेक्षा राष्ट्र बनाउने भन्ने कहिँ कतै उल्लेख गरिएको थिएन भने जनताको माग समेत थिएन । तर किन जनताको मत बेगरै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो ?

लोकतान्त्रिक व्यवस्थामा बहुमतको कदर गर्दै अल्पमतको भावनालाई समेत स्वीकार गर्ने पद्दति विकसित गरिएको छ । नेपालमा बसोबास गर्नेहरुमध्येका हिन्दु धर्ममा विश्वास गर्नेहरुको संख्या ९२ प्रतिशत भन्दा बढी भएपनि किन तपाईकै जोडबेलमा मुलुकलाई धर्म निरपेक्षा राष्ट्र घोषणा गरियो ?

यहाँनेर प्रश्न उठ्छ ८ प्रतिशत जनतालाई खुसी पार्न ९२ प्रतिशत जनतालाई धोका दिन पाइन्छ ? तपाई नै बेला बेलामा कुर्लिनुहुन्छ कम्युनिष्टहरुको धर्म भनेको क्रिश्चियन नै हो भनेर । अनि किन तपाई हिन्दु धर्म अनुसारको आचरण अपनाउनुहुन्छ ?

तपाईले हिन्दु धर्म सामन्तीहरुको धर्म हो भन्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । अहिले मुलुकमा तपाईभन्दा ठुलो सामन्ती अरु कोही छैनन् । तपाईको परिवारमा कति जना सदस्य राज्यकोषको तलब भत्ता खाने ठाउँमा आसिन भएका छन ? आखिरी हिजो तपाईसँगै युद्ध लड्ने जनताले के पाए त ?

टाउके बाहेक अन्यको हालत जीवनस्तर दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । के हिजोको आन्दोलनमा तपाईको परिवारहरुको मात्र सहभागिता थियो कि जनताका छोराछोरीहरुका पनि ? त्यसबेला तपाईको पार्टीको झण्डा बोक्ने मात्र होइन सर्वसाधारण जनताको समेत सहभागिता रहेको थियो ।

बाह्रबुँदे सम्झौता त्यसबेला के के उल्लेख गरिएको थियो ? कतिपय महत्वपूर्ण विषयमा जनमत संग्रह गर्ने उल्लेख संविधानमै गरिएको हुनाले राजतन्त्र कि गणतन्त्र र धर्म निरपेक्षता वा हिन्दुधर्म भन्नेमा के तपाई र तपाईको पार्टी जनमत संग्रह गर्न तयार छ ?

राजसंस्था र हिन्दुराष्ट्रका बारेमा अनेक प्रकारका निराधार हल्ला फैल्याएर जनतालाई गुमराहमा राख्न तपाईहरु केही समय सफल भएपनि त्यो सँधैको लागि टिकाउ हुन सक्ने सम्भावना देखिएको छैन ।

कसैले माग्दै नमागेको धर्मनिरपेक्ष राष्ट्र बनाएर नेपाल र नोली जनताको भावना र अबौं हिन्दुधर्मावलम्बीहरुको भावनामा चोट पु¥याइएको छ ।

नेपाललाई हिन्दु राष्ट्र कायम गरी नेपालालई विश्वको एकमात्र हिन्दु राष्ट्र भएकाले सम्पर्ण हिन्दुधर्मावलम्बीहरुको नेपाल पवित्र स्थल हो भने विश्वमा सन्देश फैलाउन सकेको खण्डमा नेपालको विकास हुन कुनै कठिनाई हुँदैन, तर मुलुकको विकास भएपछि कम्युनिष्टहरुको पत्तासाफ हुने र कम्युनिष्ट नामधारीहरुले राजनीति गर्ने मुद्दा नै नपाउने भएकाले तपाई र तपाईको पार्टीले भित्री आत्मादेखि नै मुलुकको विकास चाहेको छैन भन्ने प्रष्ट हुँदै गएको छ ।

हिजो १० वर्षे आन्दोलन गरेको सावा व्याज खाएर सोझा साझा जनतालाई झुक्याउँदैमा तपाईहरुको दिन वित्दै गएको छ । त्यसैको प्रमाण हो दिनप्रतिदिन पूर्वराजाको लोकप्रियता बढिरहेका र तपाईको घटिरहेको हुनाले पूर्व राजालाई गाली गर्नु, पूर्वराजालाई गाली गर्दा तपाईलाई आत्मरती होला तर त्यो गालीले गर्दा जनताको विश्वास पूर्वराजाप्रति नै बढ्नेछ ।

तपाईले गणतन्त्र हामीले ल्यायौं भन्नु भएको छ असली अर्थमा भन्ने हो भने गणतन्त्र ल्याउने काममा सबै भन्दा ठुलो हात पूर्वराजाकै रहेको छ ।

नारायणहिटी बसेका पूर्वराजाले आफ्नो सुरक्षामा रहेको सुरक्षाकर्मीहरु परिचालन गरेको भए त्यसबेला रक्तपात मच्चिने थियो, हजारौं व्यक्तिको ज्यान सक्ने अवस्था थियो तर पूर्वराजाले जनतालाई बली चढाएर आफूँ राजा रहिरहँन नचाहेकाले मात्र गणतन्त्र आएको सत्य वास्तविकतालाई स्वीकार गर्नैपर्दछ ।

गणतन्त्र ल्याउन तपाईको भन्दा ठुलो योगदान पूर्वराजाको रहेको छ । नेपालका शाहवर्षीय राजाहरुले कहिल्यै पनि जनताको हित विपरितको कार्य गरेनन् ।

गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला तपाईको पार्टीको बैठक रोल्पाको हलेरी भन्ने ठाउँमा भइरहेको सूचनाको आधारमा तत्कालिन प्रधानमन्त्री कोइरालाले त्यहाँ सेना परिचालन गर्न राजासँग अनुमति मागेका थिए राजाले अनुमति दिएको भए तपाईहरु कहाँ पुग्नुहुन्थ्यो, राजाको लागि कांग्रेस कम्युनिष्ट सबै बराबर जनता हुन् भन्ने सिद्धान्तमा राजा अडिग भएपछि प्रधानमन्त्री कोइरालासँग क्रुद्ध बनेका थिए ।

राजाकै कारण तपाईहरुले अहिले राजश्री ढाँचामा जीवन पाउनुभएको छ । अहिले तिनै राजा साधारण नागरिक भएर बसेका बेला बकबक नगर भन्दै उल्टो पूर्वराजालाई धम्क्याउने प्रवृत्तिले गर्दा जनताले तपाईलाई विश्वास गर्न छाडेका छन् ।

त्यसकारण अब धेरै बकबक नगरि जनताको सेवामा लाग्नु नै तपाईहरुको हितमा हुनेछ । आफूलाई हेग पु¥याएको खण्डमा विश्वकै हिरो हुन्छ भन्ने अभिव्यक्ति दिनु कत्तिको उचित थियो ?

युद्ध अपराधमा मानिस नमरिन्जेल सजाएको भागिदार हुन सक्छ, हेगमा पुगेपछि विश्वकै हिरो होइन विश्वकै युद्ध अपराधीमा तपाई पर्न सक्नु हुन्छ त्यसैले बढी बकबक नगर्नु नै बेश ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!