योजनाका साथ पाठ्यक्रम बनाउँदै महानगरपालिका;

- August 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन : भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझव र सहयोगमा पाठ्यपुस्तक तयार गर्न लागिएको हो ।

महानगराप्रमुख रेनु दाहालका अनुसार यस क्षेत्रको परिचय, समाज, स्थानीय, संस्कृति र कला, स्थानीय पर्यटन तथा व्यवसाय, पेशा र प्रविधि, स्थानीय जडीबुटी तथा उपचार विधि, स्थानीय खेल, विपद् व्यवस्थापन, शहरी विकास, वातावरण संरक्षण, सभ्य र स्वास्थ्य जीवनका कथा पाठ्यक्रममा समेटिनेछ ।

पाठ्यपुस्तक निर्माणका लागि लेखनाथ खनालको संयोजकत्वमा गत मङ्सिर १७ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलका सदस्यसचिव रुद्र शर्माका अनुसार कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार गरी यही भदौ  पहिलो सातामा नगर शिक्षा समितिमा पेश गरिने र महानगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिनेछ ।

एकसय पूर्णाङ्कको पुस्तकको नाम ‘हाम्रो गौरव भरतपुर महानगर’ प्रस्ताव गरिएको छ । यसको टुङ्गो कार्यपालिकाको बैठकले लगाउँदैछ ।

। महानगरभित्रका १२३ सामुदायिक विद्यालय र ९७  संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुनेछ । साथै सामाजिक, शारीरिक र सृजनात्मक कला विषयमा २० पूर्णाङ्कको परीक्षासमेत लिनुपर्ने र त्यसको व्यवस्थापन शिक्षकले नै गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

अहिले यहाँका विद्यालयले स्थानीय पाठ्यक्रमका रुपमा अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई प्राथमिकता दिइँदै आएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!