करिब २० तोला पहेंलो धातु सहित दुई जना पक्राउ

- August 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट ५ वटा टुक्रामा रहेको सुन जस्तो देखिने पहेंलो धातु करिब २० तोला सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यबिन्दु नगरपालिका-७ बस्ने ३५ वर्षीय गोकुलमान श्रेष्ठ रहेका छन् ।

प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना.५८ प ६५५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!