शरिरमा लुुकाएर ल्याएको लागुु औषध सहित महन्थ पक्राउ

- August 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, प्रहरीले लागुु औषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार आज सोमबार बिहान आठ बजे शरिरमा लुुकाएर ल्याएको लागुुऔषध सहित एक व्यक्ति पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार आज बिहान आठ बजेको समयमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले जि.पर्सा बीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोक स्थित सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडि आउदै गरेको भारत विहार थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत वडा नं.५ बस्ने शम्भु रामको छोरा वर्ष २० को महन्थ रामको साथबाट लागुु औषध ईन्जेक्सन नुर्फिम १०० पिस, फेनार्गन १०० पिस र डाईजेल्याब १०० पिस सहित पक्राउ गरेको हो ।

पक्राउ परेका महन्थ रामलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!