मोटरसाइकल चोरी गर्ने बारा भवानीपुरका प्रसाद प्रहरीको नियन्त्रणमा

- August 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन,  चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । गत श्रावण १४ गते भरतपुर महानगरपालिका वर्डा नम्बर ४ बस्ने अनिल भण्डारीको घरमा पार्किङ गरिराखेको ना. ३०. प. ४०५१ नम्बरको मोटरसाइकल चोरी गर्ने बारा भवानीपुर वर्डा नम्बर ५ स्थाइ घर भई हाल भरतपुर महानगरपालिका वर्डा नम्बर १२ बस्ने मुन्ना प्रसाद सिंह, भरतपुर महानगरपालिका वर्डा नम्बर २ क्षेत्रपुर बस्ने नवीन तमाङ, तनहुँ छिम्किश्वरी नगरपालिका वर्डा नम्बर ७ बस्ने यम बहादुर क्षेत्री लाई चितवन प्रहरीको विशेष टोलीले साउन १८ गते बेलुकी पाँच बजे चोरी भएका सामानहरु सहित भरतपुर महानगरपालिकाको वर्डा नम्बर १२ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु माथि मुलुकी अपराध संहिता २०७४ अनुसार चोरीको कसुरमा चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

लागू औषधका फरार प्रतिवादी पक्राउ 
यसैबीच, चितवन प्रहरीले लागूऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई आइतबार बेलुकी पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आइतबार बेलुकी पाँच बजे भरतपुर महानगरपालिका वर्डा नम्बर ३ पुलचोकस्थित रोयल गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक बिहार पटना बेलीरोड बस्ने बर्ष ३४ को प्रवल अग्निवेश रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विशेष सुराकीको आधारमा प्रहरीको विशेष टोलीले उक्त गेष्ट हाउसमा लुकि बसिरहेको समयमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको हो ।

९ हजार रुपैयाँ नगद सहित १० जुवाडे पक्राउ 
यता, ईलाका प्रहरी कार्यालय रत्ननगरले आइतबार दिउँसो जुवाडे सहित १० जनालाई पक्राउ गरेको छ ।  रत्ननगर नगरपालिका वर्डा नम्बर ०२ स्थित सिनेमा रोडमा दस जनाको समूहमा जुवा खेल भइरहेको भन्ने बिशेष सुराकीको आधारमा उनीहरुलाई जुवाखालबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नौ हजार ८९० रुपैयाँ नगद सहित फेला पारी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय भरतपुर चितवन पठाईएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो । यस अगाडि शनिबार मात्रै ४४ हजार रुपैयाँ सहित ११ जना जुवाडे रत्ननगरबाटै प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!