चेम्बरद्वारा विद्यार्थीकालागि छात्रवृत्ति आह्वान

- August 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एकरएक जना छात्रालाई स्नातक तहका विद्यार्थीका लागि छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ । छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनिति तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरि उनिहरुलई रोजगारमुखि शिक्षा प्रदान गर्नु हो ।
यो छात्रवृत्ति प्राप्त गर्र्ने विद्यार्थीले एपियुसँग आबद्ध एलबिइएफ (लर्डबुद्ध) क्याम्पस मैतिदेबिमा ३ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट (विविएम–ई) स्नातक तह पढ्न पाउने छन् । +२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन पाउनेछन् । यस योजनाबाट महिला विद्यार्थीहरुले लाभ लिन सक्नेछन् किनकि यस योजना अन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ । यो विषय अध्ययन गर्न चाहने छात्रा छात्रवृत्तिमा परेमा ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्ति सम्बन्धी विस्तृत विवरण चेम्बरको वेबसाइट https://www.nepalchamber.org/ लभ र लर्डबुद्धको http://www.lbef.org मा प्रकाशित गरिएको छ । इच्छुक महिला विद्यार्थीले चेम्बरको जिल्ला चेम्बर वा सिधै अनलाइन मार्फत आफ्नो फर्म भर्न सक्ने व्यवस्था चेम्बरले मिलाएको छ ।
.


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!