भारतिय मोबाईल नम्बरहरू प्रयोग गरी धम्क्याएर ७५ लाख रुपैैयाँ माग गर्ने उदय गिरीलाई पक्राउ,

- August 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

महानगरीय प्रहरी अपराध महाशाखा टेकुुले विभिन्न मितिमा नेपाली तथा भारतिय मोबाईल नम्बरहरू प्रयोग गरी भारतमा समेत गई फोन गरीबिभिन्न व्यक्तिहरूलाई धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्वर २४ धापाखेल बस्ने उदय गिरीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका गिरी उपर थप अनुसन्धान भई रहेको उनी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा तीन वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति हुुन । आईतबार नै महाशाखाले ठगी मुद्दामा वारेण्ट जारी गरिएका व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सम्मानित ललितपुरजिल्ला अदालत, पाटनबाट १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार तिन सय ८७ रूपैयाँ ४० पैसा जरिवाना तोकिई फरार रहेका भक्तपुर जिल्ला मध्यपुर ठिमि न.पा.वडा नं.०१ बस्ने वर्ष ४८ को सुनिल श्रेष्ठलाई महाशाखाको टोलीले आज आईतबार बिहान भक्तपुर जिल्लाको मध्यपुर थिमी न.पा.वडा नं.१ बोडेबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठ उपर आवस्यक अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!