किशोरीहरुलाई जवर्जस्ती यौनधन्दामा धकेलियो

- August 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, कामको खोजीमा चितवन आएकी तीन जना किशोरीहरुलाई जवर्जस्ती यौनधन्दामा लगाउने दुई जनालाई चितवन प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

गत, असार १ गतेदेखि साउन १५ गतेसम्म सौराहा घुमाउने बहानामा विभिन्न होटलहरुमा राखी ग्राहक खोजी ल्याइ डर, त्रास तथा करकापमा पारी यौनधन्दामा लगाएको भन्दै प्रहरीले रामेछाप मनथली नगरपालिका वर्डा नम्बर ४ स्थाइ घर भइ हाल भरतपुर महानगरपालिका ११ स्थित घोलबजार बस्ने रमिला तामाङ र गोर्खा सुलिकोट गाउँपालिका ७ बस्ने सुनिल गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले बा। ८। च। ९६०० नम्बरको गाडी समेत बरामद गरेको छ ।

पीडित किशोरीहरुको उजुरीका आधारमा त्यसलाई पछ्याउँदै गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको  हो । कोठा भाडामा लिएर एक पटकको तीन हजार र रातको ६ हजार रुपैयाँ लिएर जवर्जस्ती यौनजन्य गतिविधीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसारमा नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी चितवन अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!