१३ औं साग गेमको लागि पहिलो चरण छनौट आज कराते एकेडमी सम्पन्न

- August 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, यहि डिसेम्बर१ देखि १० सम्म नेपालमा हुन लागेको १३ औं साग गेमको लागि पहिलो चरण छनौट आज कराते एकेडमी सातदोबाटोमा सम्पन्न भएको छ ।

उक्त छनौट प्रतियोगितामा एघारौ साफ गेम स्वर्ण पदक बिजेता बिनोद शाक्य, राष्ट्रिय खेलाडी मुकुन्द महर्जन, बिनोद महर्जन,  बिप्लप लाल श्रेष्ठ, राम लिम्बू, शेखर श्रेष्ठ, फोगम्बर पन्त, बिजय लामा, सुजन श्रेष्ठ, लेखनाथ मैनाली, आशिष् थापा, वीर बहदुर रणनी र रबिन्द्र कार्की छनौट भएका छन् ।

त्यस्त महिलामा अमृता साक्य, सरिता श्रेष्ठ, बिभुसा थापा, कृषा शेर्पा, र सुनिता श्रेष्ठ महर्जन छनौट भएका छन् । उक्त छनौट भएका खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष तथा  करातेका अन्तर्राष्ट्रिय खेलाडी एबम अन्तर्राष्ट्रिय रेफ्री मीन कृष्ण महर्जनले कराते खेल समाग्री हस्तान्तरण गरि उट्घाटन गर्नु भयो।

उक्त छनौट प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एबम् कराते महासंघ उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण बिभाग निर्देशक अर्जुन बिक विशेष अतिथि रहेका थिए।

त्यस्तै अतिथिमा उप निर्देशक तुल्सी महर्जन, उप महासचिव ॐप्रसाई, सचिब श्याम शेर्पा, केन्द्रिय सदस्य एबम आठौ साफ स्वर्ण पदक बिजेता ध्वजमान मोक्तान रहेका थिए।

त्यस्तै प्रमुख प्रशिक्षक मदन उप्रेती, रेफ्री संयोजक राजेन्द्र कपाली, सह संयोजक महेश रन्जित बिश्व कराते महसंघ जर्ज बलराम मित्र, ध्रुब बिक्रम मल्ल एसियन कराते रेफ्री सन्जय रन्जित, छत्र आले, सचिन चौलागाईं, श्रीजना अधिकारी, सेसुका राई,हिरादेबी राई  राजन चित्रकार लगाएतले छनौट संचालन गरेका थिए भने कार्यक्रमको सभापतितब नेपाल कराते महासंघ महासंघ महासचिव एबम वादोरिरियो कराते प्रमुख प्रशिक्षक हरिशरण केसीले गर्नु भएको थियो ।

उक्त छनौट खेलाडीहरुलाई बन्द प्रशिक्षण राखिने छ भने छनौट खेलाडीहरुको ब्यबस्थापन कराते महासंघ सदस्य तथा आठौं साफ स्वर्ण पदक रबि महर्जन्ले समाली रहेका छन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!