गोरखामा भेटिए अचम्का व्यक्ति, मासु खान बाघले पनि सक्दैन, एक्लै खाए नौ किलो

- August 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मान्छेले मासु कति खान सक्छ ? एक किलो किनेर घरका सबै परिवारलाई बाडेर खाने चलन अझै पनि छ । दशैमा समेत २/४ किलोले धेरै मानिस सन्तुष्ट हुन्छन् तर गोरखामा एक जना यस्तो व्यक्ति छन् जो जति मासु दिए पनि खान सक्छन् ।

सन्तोष अम्गाई (झलक) गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. २ मा बस्छन् । पेशाले उनी इलेक्ट्रिसियन हुन् । निकै मिलनशार र सहयोगी भावना भएका  सन्तोष मासु भनेपछि हुरुक्कै हुन्छन् । थोरै तिनो मासुले उनलाई पुग्दैन ।

६ किलोको खसीको मासु खाएर गाउँलेलाई नै चकित बनाएका सन्तोषले फेरी ९ किलो कुखुराको मासु एक्लै सकेर अर्को चकित बनाएका छन् । उनको इच्छा भनेकै धेरै मासु खाएर विश्व रेकर्ड राख्ने हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!