मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा यही साउन २७ देखि ३० गतेसम्म यार्तुङ महोत्सव ;

- July 31, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा,  हिमाल पारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा यही साउन २७ देखि ३० गतेसम्म यार्तुङ महोत्सव हुने भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले जानकारी दिनुभयो ।

हिमाली संस्कृतिको जीवन्तता र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल, सेवेन ए साइड फुटबल प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा गाउँपालिकाभित्रका १९ वटा गाउँको परम्परागत वेषभूषा प्रदर्शनका साथै त्यहाँका विविध संस्कृति देखाइने छ ।

महोत्सवमा करीब १० हजारले अवलोकन गर्ने जानकारी दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले महोत्सवमा रु २० लाख खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा करीब रु दुई करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ ।

हिमाली क्षेत्र र त्यहाँको संस्कृतिले पर्यटकीयरुपमा ठूलो महत्व राख्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । मुक्तिनाथ यार्तुङ महोत्सवसँगै त्यहाँ हुने विविध सांस्कृतिक कार्यक्रमका साथै साहसिक पर्यटनका खेलका कारण त्यहाँको संस्कृति जगेर्नामा महत्वपूर्ण सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!