मौसम खराब भएकाले सुकेटारमा डेढ महीनादेखि उडान ठप्प

- July 31, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुकेटार विमानस्थलमा असारदेखि उडान हुनसकेको छैन । हरेक वर्ष बर्खामा उडान ठप्प हुँदैआएको सुकेटार विमानस्थलमा यस वर्ष असार ४ गतेदेखि मौसम खराबीका कारण उडान हुन सकेको छैन । 

मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताउनुभयो । जेठ २९ गतेसम्म नियमित उडान भएकामा त्यसयता असार ४ गते मात्रै उडान भएको थियो । असार ४ गते काठमाडाँैबाट यात्रु लिएर आएको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रु नलिई फर्किएको थियो । त्यसयता जहाजले उडान भरेको छैन । “मौसममा सुधार आएपछि मात्रै उडान हुने छ”, उहाँले भन्नुभयो ।

सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार उडान भर्ने गरेको थियो । मौसम खराबीका कारण उडान स्थगित गरिएको भनिए पनि निगमले स्थगित गरिएको सम्बन्धमा सूचना निकालेको छैन । लामो समयदेखि उडान नहुँदा यात्रु मारमा परेका छन् । बर्सेनी मौसम खराबीका कारण उडान ठप्प हुँदै आए पनि यसको विकल्पका बारेमा कतैबाट चासो नभएको स्थानीयवासीको गुनासो छ । बिरामीलाई उपचारका लागि काठमाडाँैलगायत ठाउँ लैजानु परे वा आकास्मिक काम आइपरे महङ्गो भाडा तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!