प्रथम नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन बोस्टनमा भव्यरुपमा सम्पन्न हुने,

- July 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विजय थापा, अमेरिका, गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा हुने भएको छ ।

आगामी सेप्टेम्बर १ र २ ,२०१९ का दिन मेरीओट द्वारा संचालित फेयर फिल्ड इन नामक (होटल )अतिथि गृहमा हुने जानकारी प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले दिएका छन  ।

गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा अमेरिकाको बोस्टनमा गर्न लागेको जनाएको छ ।

स्मरण रहोस ,गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टुवर १३-१६, २०१९ मा ९ औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय समेत गरि सकेको छ ।

काठमाडौँ नेपालमा बिश्व सम्मेलनको ठिक डेढ महिना अगाडी हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन निकै महत्वका साथ हेरिएको छ । र उक्त कार्यक्रममा बिश्वबाट गैर आवासीय नेपाली संघ अभियानमा होमिएका विभिन्न सामाजिक अभियन्ताहरु समेतको उपस्थिति हुने वाग्लेले जनाएका छन् ।

उक्त प्रथम नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका विभिन्न सल्लाहकार, संयोजक ,सहसंयोजक र सदस्यहरु रहेको मूल समिति समेत निर्माण गरिएको छ ।

सल्लाहकारहरुमा क्रमस भवन भट्ट ,अध्यक्ष गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ;जिवा लामिछाने पूर्व अध्यक्ष गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद;हिक्मत थापा कोषाध्यक्ष गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद;गौरी राज जोशी संयोजक गैह्र आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उत्तर अमेरिका;नबिन शेरचन उप संयोजक गैह्रआवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उत्तर अमेरिका; सुनिल शाह अध्यक्ष राष्ट्रिय समन्वय परिषद अमेरिका;संयोजक गोविन्द प्रसाद गौतम रसिया ;सह संयोजक डा गोविन्द सिं रावत (बिद्या वारिधि )क्यानडा ;सदस्य सचिव सुरेन उप्रेती क्यानडा रहेका छन् ।

यसै गरि सदस्यहरुमा क्रमस डा लेखनाथ काफ्ले ताइवान;रमेश कँडेल युगान्डा ;सदस्य  महेश्वर पंत अमेरिका; इश्वरी भट्ट अमेरिका; सर्वज्ञ वाग्ले अमेरिका;विमल गिरी बेल्जियम; निलम कार्की अमेरिका;कमला प्रसाईअमेरिका ;मणी पनेरुअमेरिका;भगवती बस्नेत इज्रायल;अमित राई कुवेत;गणेश घिमिरे अष्ट्रेलिया; फणिन्द्र भट्टराई वेलायत;मनमूर्ती भुर्तेल  रसिया;सानु घिमिरे  अस्ट्रेलिया;ओम गुरुङ स्पेन ; रामकृष्ण शर्मा अष्ट्रेलिया ;महेन्द्र कँडेल यूके प्रकाश पौडल जापान रहेका छन् ।

त्यस्तै गरी कार्यक्रमलाई भव्यताको साथ सफल बनाउन आयोजना स्थल बोष्टनमा ब्यवस्थापन समितिको संयोजक महेश्वर पन्त ;आर्थिक समितिको संयोजक इश्वरी भट्ट र प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेको संयोजकत्वमा स्थानिय संघ/संस्थाका प्रतिनिधि रहेका उपसमितिहरु रहने जानकारी छापा बिज्ञप्ति मार्फत गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव समिति भाषा साहित्य उपसमितिका संयोजक गोविन्द प्रसाद गौतमले जानकारी गराएका छन् ।

ब्यवस्थापन समितिको संयोजक महेश्वर पन्त ;आर्थिक समितिको संयोजक इश्वरी भट्ट र प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले अमेरिकाका सबै गैर आवासीय नेपाली समुदायलाई सहभागी हुन् आब्हान समेत गरेका छन्  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!