दुवै मृगौला फेल भएका प्रकाशको उपचारको लागि साँगीतिक कार्यक्रम हुने

- July 25, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ ,अर्घाखाँचीका दुवै मृगौला फेल भएका १७ वर्षीय प्रकाश बि.क.को सहयोगार्थ एक साँगीतिक कार्यक्रम हुने भएको छ । यही श्रावण १० गते शुक्रबारका दिन अनामनगर स्थित पाना क्याफेको हलमा उक्त कार्यक्रम हुने भएको हो ।

बिगत एक वर्षदेखि राजधानीमा आए पनि आर्थिक अभावको कारण उपचार गर्न नसकी सहयोगको याचना गरि रहेका बि.क.लाई केही राहत मिलोस् भनेर यो कार्यक्रम गर्न लागिएको सक्षम फाउण्डेशनकी संस्थापक तथा साहित्यकार मनिषा गौचनले बताईन् ।

साथै गौचनले उक्त कार्यक्रममा उपस्थित भई सक्दो सहयोग गरेर प्रकाश बि.क.लाई बचाउँने पुनित कार्यमा सहभागी बन्न पनि आग्रह गरेकी छिन् ।

पाना क्याफे व्यवसायिक सोचका साथ स्थापना भएको भएता पनि यसको पहलमा विभिन्न सामाजिक कार्यहरु पनि हुँदै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!