गोर्खालीको साहस र वीरताको गाथा (भिडियो सहित)

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विश्वमा साम्राज्य विस्तारको क्रममा बेलायती सेनामा भर्ती भएका नेपाली युवाहरुको साहस र वीरताले विश्वका खुँकार तानाशाही  र शक्तिशाली नेताहरुको सातो गएको छ । पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाले देखाएको रणकौशल, साहस र वीरताका कारण नेपालीहरुप्रति बेलायती जनताको उच्च सम्मान छ । त्यतिबेला मात्र हैन अहिले पनि बेलायत र भारतमा रहेका गोर्खाली सेनाका एउटै जवानले विश्वका कुनै पनि सेनाका जवानले गर्न नसक्ने र देखाउन नसक्ने वीरता र साहस देखाएका छन् ।

आधुनिक कालको फकल्याण्ड युद्ध होस् वा अफगानिस्तानमा तालिबानबिरुद्धको लडाई, गोर्खालीले देखाएको साहस र बहादुरी उतिबेला जस्तो थियो अहिेले पनि त्यस्तै छ । एक्लै दर्जनौं हतियारधारी डाँकासंग लड्ने रिटायर्ट भारतीय गोर्खा सैनिक बिष्णु श्रेष्ठले भारतको वमा रेल यात्रा गरिरहेका बेला एउटा खुकुरीको भरमा जसरी यात्रुहरु लुट्नबाट बचाए त्यो अकल्पनीय छ । त्यस्तै अफगानिस्तानको युद्धमा दीपप्रसाद पुनले देखाएको साहसले विश्वको ध्यान तान्यो ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!