सेयर–बजार : नेप्सेमा सुधार कायम नै

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आज बुुधबार पनि नेप्से बढेको छ । नेप्से आज छ दसमलव नौ अंकले बढेर १२ सय ८४ दसमलव सात अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ७२ अंकले बढेर दुुई सय ७६ दसमलव १३ अंकमा पुुगेको छ ।

एक सय ७० कम्पनीहरुको छ हजार चार सय ६२ वटा कारोवारमा १३ लाख ४६ हजार तीन सय ३० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४४ करोड ३४ लाख ८१ हजार तीन सय ९१ रुपैयाँ पुुगेको छ । 

११ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक बढेको छ भने दुुई वटा समुहको सुचक घटेको छ । बाँणिज्य बैंक समुहको सचुक सात दसमलव ३९ अंकले बढेर ११ सय ६२ दसमलव १३ अंकमा पुुगेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!