चलचित्र बैना बट्टाको पहिलो गीत ‘तिमि सँग’ सार्बजनिक (भिडियो सहित)

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : चलचित्र बैना बट्टाको पहिलो गीत “तिमि सँग” सार्बजनिक भएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टाको पहिलो गित “तिमि सँग” ओएसआर डिजिटल बाट सार्बजनिक गरिएको छ ।

उक्त गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने  देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ ।  नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ ।

मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् ।

यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

बैना बट्टामा चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बुहरुको आवाज रहेको छ ।

अशोज पहिलो हप्ता बाट नेपाल लगायत विभिन्न देशहरुमा प्रदशन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताएका छन्   । 

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!