नक्कली नेपाली रुपैयाँ सहित न्यौपाने पक्राउ

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बारा, आदर्शकोतवाल गाउँपालिका-५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका-८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल संचालकले खबर गरे पश्चात खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जाँच गर्दा निजको खल्तीमा थप हजार दरका थप ३ वटा नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!