बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा अष्ट्रेलियन नागरिक पक्राउ

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कास्की, बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पोखरा महानगरपालिका-६ डिहिको पाटन डेरा गरी बस्ने अष्ट्रेलियन नागरिक ६३ वर्षीय बेरीम्यान थोमस अल्फ्रेडलाई उनको कोठाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुरूपयोग गरी बालकहरुलाई पीडित बनाउने गरेको भन्ने विषेश सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले उनको डेराबाट २ जना पीडित बालकलाई उद्दार गरी उनलाई पक्राउ गरेको हो ।

निज बेरीम्यानलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुर अन्तर्गत मुद्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!