८० प्रकारका चिया पिउन चाहनुहुन्छ ? जानुस काठमाण्डौंका नेपा टी सपहरुमा, फलफुल देखि पान सम्मको चिया !

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रबिन थपलिया, काठमाडौं,   “टेष्ट द बेस्ट” भन्ने मुल नारा सहित नेपा टि प्रा.लिले अन्तराष्ट्रिय स्तरका ८० भन्दा बढी स्वादका चिया नेपाली बजारमा ल्याएको छ ।

काठमाण्डौंमा खुलेका नेपा टि सपहरुमा नेपाली बजारमा नपाइने फलफुलका चियाहरु, सुगर र प्रेसरका रोगीहरुका लागि हितकर मानिएको अर्गानीक चिया लगायत बिभिन्न ८० प्रकारका चियाहरु पिउन पाइने नेपा टि प्रा.लि का सञ्चालक आशीस गिरीले जानकारी दिए ।

नेपाली कच्चा पदार्थहरुलाई प्रयोग गरेर बनाइने ति ८० प्रकारका चियाहरु न्युनतम रु २० देखि अधिकतम रु २ सय सम्ममा पिउन सकिने छ । नेपा टी सपमा १८ प्रकारका कालो चिया, १५ प्रकारका दुध चिया, १३ प्रकारका फू्रट टि, १५ प्रकारका नेपा आइसीइडी टी र अर्गानीक चिया पिउन पाइने गिरीले बताए ।

अस्ट्रेलीया पुगेर र्फकिएका गिरी सहित शिव पौडेल, रोहित थापा, सागर अधिकारी, मुरसीत अन्सरी र विवेक खडका सहितका ६ युवाहरुले नेपालमा नयाँ कन्सेप्ट सहितको टि सप सञ्चालन गरेका हुन् ।

नेपा टि प्रा.लिद्धारा चावहिल भत्केको पुल, कोटेश्वर र पेप्सीकोला स्थीत सनसिटी अपाटमेन्टको अगाडी रहेको पिपल कम्प्लेक्स गरी तिन स्थानमा नेपाल टि सप सञ्चालीत छन ।

५० लाख भन्दा बढी लगानी गरी काठमाण्डौका ३ स्थानमा सञ्चालन गरिएका टि सप मार्फत १२ जनाले रोजगारी समेत पाएका छन् ।

बुक, म्युजीक एण्ड टि भन्ने अभिप्राय सहित सञ्चालन भइरहेका नेपा टि सप भित्रै पुस्तकालय र म्युजीक समेत उपलव्ध छन् । नेपा टि भित्र छिरेर ग्राहकहरुले चिया अर्डर गरेपछि बिभिन्न प्रकारका पुस्तकहरु समेत निशुल्क रुपमा अध्ययन गर्न सक्ने छन् ।

त्यती मात्र हैन् नेपालमानै पहिलो पटक नेपा टि सपले पसलमा पुगेर चिया पिउन नभ्याउने ग्राहकहरुका निम्ती होम डेलभिरीको समेत व्यवस्था रहेको छ ।

सञ्चालक गिरीका अनुसार होम डेलीभरीका लागि पहिला नेपा टी को सदस्यता बन्नुपर्ने हुन्छ, सुरुमा सदस्यताका लागि कुनै शुल्क तिर्नुपर्ने छैन् । ग्राहक बनेपछि ग्राहकहरुले “नेपा टि टेष्ट द बेस्ट”फेसबुक पेजमा एड भएर तथा  टेलिफोन मार्फत बिभिन्न प्रकारका चियाहरु अर्डर गर्न सक्नेछन् ।

मिनु हेरेर ग्राहकले कुनै पनि प्रकारका चिया न्युनतम ५ कप चिया भने अर्डर गर्नुपर्ने छ । अर्डर भएपछि मिनु अनुसारको बिल सहित रेष्टुरेन्टले निशुल्क होम डेलिभरी गरिदिने छ । ग्राहकले चियाको साथै केक तथा बेकरीका आइटम समेत अर्डर गर्न सक्ने छन् ।

छोटो अवधिमानै नेपालमा सञ्चालीत टि र कफि सप भन्दा पृथक पहिचान राख्नका सफल नेपा टि सप ले अव चाँडै काठमाण्डौं उपत्यकाका अन्य स्थान सहित उपत्यका बाहिरका शहरहरुमा समेत टि सप सञ्चालन गर्ने सोच बनाएको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!