नेपाल चेम्बर र जर्जिया चेम्बरबीच लगानी अभिवृद्धि गर्न समझदारी

- July 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीको सहभागीतामा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि समझदारी भएको छ । दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यावशायीक अवसरहरुले संंभावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।
९ बुँदे समझदारी पत्रमा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक एंव आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने उल्लेख छ । नेपाल चेम्त्रर अफ कमर्शका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए । उनले आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, बैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागु भैसकेको जानकारी दिदै नेपालमा व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको बताए । उनले सन् २०१५ देखि नेपाल चेम्बर एक्स्पो हुँदै आएको उल्लेख गर्दै सन् २०२० फेब्रुअरी २५ देखि २९मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा जर्जियाबाट समेत सहभागिताको लागि अनुरोध गरेका छन् ।
कार्यक्रममा जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीले जर्जियाले अवलम्बन गरेको एकद्धार प्रणाली विश्वकै लागि अनुकरणीय भएको बताए । उनले नेपालले पनि जर्जियाको अनुभबबाट समग्र समाजिक सेवा विस्तारमा र आर्थिक क्षेत्रमा एकद्धार प्रणालीमा हासिल गरेको अनुपम, अनुकरणिय उदाहरण नेपालमा समेत मुलुकको आवश्यकता अनुसार जर्जिया सरकार नेपाल सरकारसँग समन्वय गरि चेम्बरसँग सहकार्य गर्न तयार रहेको बताए । दुई मुलुकबीच पर्यटन प्रबद्र्धन गर्नको लागि जर्जिया सरकारले भिसामा सरलीकरण गरेको बताए ।
२०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करीब रु २३ लाखको व्यापार घाटा सहनु परेको जसमा र २९ लाखको आयात भै रु ६ लाख ७० हजारको मात्र निर्यात हुन सकेको देखिन्छ । नेपालबाट जर्जियामा हाते कागज, ऊनी गलैचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना आदि निकासी गर्ने प्रचुरतम संभावना रहेको छ ।
सो अवसरमा नेपालका लागि जर्जियाका राजदुत अर्चिल जुयसभिली, जर्जियाका विदेश मन्त्रालयको एशिया प्रशान्त विभागका निर्देशक डेभिड केरेसेलिड्ज, नेपालस्थित जर्जियाका अवैतनिक कन्सल शिव रतन शारडाको उपस्थिती थियो । यस्तै नेपाल चेम्बरका पदाधिकारीहरु एंव उद्यगी व्यवसायीहरुको उपस्थिती थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!