व्यवसायीको चौतर्फी विरोधपछि ढुवानी सेवामा भ्याट कार्यान्यवनका लागि कार्यदल गठन

- July 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले ‘आर्थिक विधेयक २०७६’ मार्फत ढुवानी सेवामा भ्याट लगाउने व्यवस्थालाई व्यवसायीबाट बिरोध भएपछि सो व्यवस्था लागु गर्नुपूर्व सरकारले कार्यदल गठन भएको छ।
अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीका अनुसार ढुवानी सेवामा भ्याट लगाउने सम्बन्धमा व्यवसायीहरुको असन्तुष्टि सम्बोधन गर्न कार्यदल गठन गरिएको हो। आन्तरिक राजश्व विभागका उपमहानिर्देशक झलकराम अधिकारीको नेतृत्वमा, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघका प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको सहसचिव उत्तर खत्रीले जानकारी दिए।व्यवसायीहरुले ढुवानी सेवामा भ्याट लगाउने विषयको विरोध गर्दै आएका छन्। सोमबार सो विषयमा अर्थमन्त्रीसहित अर्थमन्त्रालयका पदाधिकारीसँग व्यवसायीले छलफल समेत गरेका थिए।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!