गरुडा नपाका मेयरका छोराज्वाईले सरकारी सुविधा नपाएको भन्दै गरे ‘ताण्डव नृत्य’

- July 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भएको कामको मात्र मुल्यांकनगरि भुक्तानी दिए पछि नगर प्रमुख इनु राय यादव सहित केही कर्मचारी र जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध खनिएका छन् । प्रमुख प्रसासकिय अधिकृत पन्थीले आर्थिक वर्ष २०७५/२०७६ मा सम्पन्न सम्पूर्ण योजनाको नगर उपप्रमुख रंगीलादेवी जयसवाल संयोजक रहेको अनुगमन समितिबाट अन्तिम मुल्यांकन गरेरमात्र भुक्तानी दिए पछि नगर प्रमुख सहित केहीलाई सो सिस्टम ‘अपच’ भएपछि उनीहरुको विरुद्धमा खनिएको खुलासा भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार आफुलाई मन्त्रालयले भ्रस्टाचार गर्न नभई समृद्ध गरुडा बनाउन पठाएको र आफु सुशासन, विधिको शासन, कानुनी राज्यको प्रत्याभूतिकोलागि सरकारी सेवामा प्रवेश गरे देखि लागि परेकोले आफु रहुन्जेल गरुडामा भ्रस्टाचार हुन नदिने बताएपछि सो विरोध सुरु गरेको जनाए । प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई गत सोमबार बेलुका नगरप्रमुख यादवले आफ्नो कार्यकक्षमा आफ्नो योजनाको भुक्तानी नभए कुनै पनि योजनाको भुक्तानी हुन नदिने भने पछि कार्यालय परिसर तनाबग्रस्त भएको थियो । नगर प्रमुख यादव मर्यादित भए पनि उनका छोरा अनिल यादव, भतिजाहरु चुनचुन यादव, नबिन यादव, रामसिंह यादव तथा उनका ज्वाई कामेश्वर यादव प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई घेराहालेर जबर जस्ती हुदै नभएको कामको भुक्तानीको लागि धम्कीपूर्ण भाषा प्रयोग गरेको प्रत्यक्षदर्शीले सो कुरा बाहिर ल्याएका हुन ।


नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठुलो घेरा रहेको सो नगरपालिकामा नगर प्रमुखका छोराले प्रमुख प्रशासकीय अधिकृत पन्थीलाइ सरकारी रकम तथा जनताको करको रकमको सोझै दुरुपयोग गर्न कुनै कसर बाँकी राखेका थिएनन । पत्रकारहरुको समेत बाक्लो उपस्थितिमा नगर उपप्रमुख जयसवाल तथा प्रमुख प्रशासकीय अधिकृत पन्थी चिन्तित एबम तनाबपूर्ण मुद्रामा प्रस्तुत भएका थिए । नगर उपप्रमुख जयसवाल जनताले जुन इच्छा आंकाक्षाले आफुहरुलाई पठाएको त्यो पुरा गर्न सकिएन भने आफुहरु समाज प्रति उत्तरदायी हुन सक्दिन भनेर चिन्तित थिए भने प्रमुख प्रशासकीय अधिकृत पन्थी आफ्नो शब्दकोशको बाहिरको शब्द भ्रस्टाचार आफुबाट सम्भव नरहेको तथा जो सुकै जति सुकै दबाब दिए पनि, जे गरे नि सम्भव नरहेको तथा समृद्ध गरुडा बनाउने अभियानमा सिमित व्यक्तिको स्वार्थ पूर्ति नहुदैमा अबस्थालाइ प्रतिकुल बनाएकोमा चिन्तित थिए ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीले जति काम गरेको छ, मुल्यांकनभै सकेको अबस्था छ, सोहि अनुसार मात्र भुक्तानी सम्भव रहेको र आफु कसैको दबाबमा परेर अख्तियारको दुरुपयोग नगर्ने तथा भएको कामको भुक्तानी आफुले कुनै हालतमा नरोक्ने अडान राखेका छन् । नगर प्रमुख यादवका छोरालाइ चारपाग्रे गाडी सुबिधा, भतिजाहरुलाई मोटरसाइकल सुबिधा लगायतका फजुल खर्च प्रमुख प्रसासकिय अधिकृत पन्थीले नगरे पछि नगर प्रमुख यादव नगरपालिकामा बिभिन्न बखेडा गर्दै आएका कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन । नगर प्रमुख यादवको आसेपासेको अहिले गरुडा नगरमा सर्वत्र आलोचना भै रहेको छ तथा प्रमुख प्रशासकीय अधिकृत पन्थीको कारण गरुडा अहिले रौतहटमै उत्कृस्ट नगरपालिका रहेको, छोटो समयमा बिकासमा फड्को मारेको तथा राज्य एबम जनताको करको पैसाको समुचित प्रयोग भएको भनि स्थानिय गौर्बान्बित भएका छन् ।

अर्कातर्फ कार्यालयका खरिदार पदका कर्मचारी एव मेयर यादवका छोरा अनिल यादवको फोन लागिरहेको अवस्था छैन । यस सन्दर्भमा फोरमका नेता एव प्रदेश नंं. दुईका प्रदेश कमिटी सद्स्य बृज यादबले खरिदार अनिल यादब माथी लागेको आरोप निराधार रहेको बताएकाछन् । चुन्चुन यादब र नवीन यादब सहितका केहिले कार्यालयमा भैरहेको अबैध भुक्तानी रोक्न निवेदन दर्ता गराउन जादा तिनीहरुसंग उपप्रमुख साथै अधिकृत पन्थीको सामान्य भनसुन भएको दाबी गरेका छन ।

सामन्य बिबादलाइ ठुलो इस्सु नबनाइ कार्यालयको काम काज प्रभावित नगर्न सबैलाई आग्रह गरे । असार अन्तिममा आएर भएको यो विवादले नगरको कामकाज प्रभावीत भएको छ । जनप्रतिनिधी र अधिकृत बिच तालमेल बिग्रिदा स्थानीयहरु कार्यालय आएर फर्कने क्रम बढेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!