बाढी-पहिरोले पुऱ्याएको क्षतिप्रति पूर्व राजाद्वारा दुःख व्यक्त

- July 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पूर्व   राजा ज्ञानेन्द्र शाहले यस वर्षको मौसमी वर्षासँगै राजधानीलगायत देशका विभिन्न भू–भागमा आएको बाढी–पहिरोको प्रकोपले निकै जन–धनको क्षति भएकोमा आफूलाई दुःखी तुल्याएको बताउनुभएको छ ।

आज  एक विज्ञप्ति प्रकाशित गर्दै उहाँले भन्नुभएको छ– ‘प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने सङ्कीर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ ।’

प्राकृतिक विपदको यो घडीमा शोकसन्तप्त पीडित सबैप्रति हार्दिक समवेदना र सहानुभूति राख्दै विपद ब्यवस्थापनको प्रभावकारी कदम चालिनुपर्ने आवश्यकता पूर्व  राजाले औंल्याउनुभएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!