नेकपामा एकिकरणको किचलो : सहमति सकसमा परेपछि पुरानैलाई साँचो

- July 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, एमाले र माओवादी केन्द्र मिलेर नेपाल क्युनिष्ट पार्टी बनेको एक बर्ष भन्दा बढि समय भइसक्दा पनि पुरै संगठनको एकिकरण हुन सकेको छैन ।

केन्द्रमा एकिकरण भएपनि मातहतका निकायमा एकिकरणका लागि उचित मापदण्ड बन्द नसक्दा पार्टी लथालिङ्गजस्तै अवस्थामा छ ।

लामो समयसम्म पार्टीको जिल्ला इञ्चार्ज तोक्नका लागि भएका सहमतिका प्रयासले सार्थकता नपाएपछि पूरानैलाई फेरि जिल्ला इन्चार्ज तोक्ने सहमति दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बनेको छ ।

दुई नेताबीच करिव एक सातासम्म भएको नियमित बैठकपछि सोमबार सहमति जुटेको हो । सहमति अनुसार ७७ जिल्लामध्य पूर्व एमालेबाट ६० प्रतिशत र पूर्व माओवादीबाट ४० प्रतिशतले इञ्चार्जको जिम्मेवारी पाउँनेछन् ।

जिल्ला इन्चार्ज अव एमाले र माओवादी केन्द्र एकताअघि साविकको पार्टीबाट जिल्ला इन्चार्ज रहेकाहरू नै हुने सहमति भ्यागुताको धार्नी पु¥याए जसरी जुटेको हो ।

यो सहमतिसंगै यसअगाडिको जिल्ला अध्यक्षमा एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व लिने गरी गरेको सहमति ढिसमिस भएको छ । ६०/४०को भागवण्डाले पनि करिव करिव यस्तै नेतृत्व पाउनेछन् । सहमति बनेपनि जिल्लाले इञ्चार्ज पाउन भने आगामी ३० असारसम्म कुर्नु पर्ने भएको छ । 

श्रीलंका भ्रमणमा रहेका नेकपाका बरिठ नेता माधव नेपाल असार २९ गते स्वदेश फर्केपछि ३० गते सचिवालय बैठक बसेर जिल्ला इन्चार्ज तोक्ने औपचारिक निर्णय गर्ने तयारी छ । दुई अध्यक्षबीच सैद्धान्तिक सहमति भएपनि त्यस विषयमा औपचारिक निर्णय भने भएको छैन ।

अव जिल्ला इन्चार्ज नेकपाका केन्द्रीय सदस्यहरूमध्येबाट तोकिने छन् । ‘एक व्यक्ति एक पद’ को सिद्धान्त अस्वीकार गरिएकाले संघ र प्रदेशमा मन्त्री वा संसाद रहेकाहरू पनि इन्चार्ज हुन सक्नेछन् । पूर्व एमाले र माओवादी एकता प्रक्रियामा १४ महिनापछि भएको सहमति पनि औपचारिक निर्णय हुने हो या होइन भन्ने दुविधा नै छ ।

दुई अध्यक्ष र नेता माधवकुमार नेपालबीच छुट्टाछुट्टै पटक–पटक भएका छलफल र लामो गृहकार्यपछि सहमति जुटेको हो । राजनीतिक प्रतिवेदन टुंग्याउने विषयमा भएको छलफलमा यो सहमति बनेको नेताहरु बताउँछन् ।

यसअघि के आधारमा जिल्ला इन्चार्ज तोक्ने भन्ने विषयमा खासगरी अध्यक्ष ओली र नेता नेपालबीच विवाद देखिँदै आएको थियो ।

बरिष्ठ नेता नेपालले वरिष्ठताका आधारमा जिल्ला इन्चार्ज तोक्न प्रस्ताव गरेका थिए भने अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्दै आएका थिए ।

विभिन्न विकल्पमा छलफल हुने क्रममा सोमबार पूरानैलाई जिल्ला इन्चार्ज बनाउने सहमति जुटेको हो । नेकपामा पूरानैलाई जिम्मेवारी दिने क्रम बढेकाले अब विभागीय जिम्मेवारीको बाँडफाँड पनि त्यसैगरी हुने संकेत देखिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!