परिचय पत्रकार … काम नीजि कम्पनीमा !!!

- July 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
भनिन्छ पत्रकार देशमो चौथो अंग । तर यो एक तर्फबाट राज्यले दिएको सम्मान मान्नु पर्छ । तर, राज्यले दिएको सम्मान र त्यसकै आँडमा पत्रकारिताको परिचय पत्र घाटीमा झुण्डाएर कुनै नीजि कम्पनीमा पूर्णकालिन जागिर खाने पत्रकारकै कारण देशमा पत्रकारको मानप्रतिष्ठा ध्वास्त भएको छ । कारण पत्रकारिताको परिचय पत्र झुण्डाउने अनी ‘बार्गेनिङ’ गर्ने, अनी त्यसको दोष व्यवसायीक पत्रकारिता गर्नेमाथी थोपर्ने प्रकृया पछिल्लो समयमा बढ्दो रहेको छ । एकातर्फ सरकारले पत्रकारलाई नियन्त्रणमा लिएर आफु अनुकुलको मात्र समाचार प्रकाशन र प्रशारण गर्नु पर्ने जस्ता बाध्यकारी व्यवस्था गर्न लागेकै समयमा केही व्यापारीको हुँबहुँ शव्द राखी अबैध लगानीबाट खुलेका केही अनलाईन मिडिया र केही दैनिक पत्रिकाहरु सत्यतथ्य के हो सो तर्फ नबुझी उच्च घरानीयाको नामबाट आएको प्रेश विज्ञप्तिलाई छाप्ने र प्रकाशन गर्ने गर्दै आएर गैरपत्रकारको नमुना देखाएका छन् ।
आम पत्रकारको हकहितमा काम र आबाज उठाउने भन्दै स्थापना भएको नेपाल पत्रकार महासंघमा पछिल्लो पटक कार्यसमितिमा पुगेका केही सदस्यहरुले यस्तै गैरहर्कत गर्दै आएका छन् । विभिन्न सञ्चारमाध्यामबाट गलहत्याएपछि पार्टीकारिता गर्दै ‘पत्रकार’ भन्दै आएका केही व्यक्ति महासंघको कार्य समितिको सदस्यमा पुगेपछि बढ्दो अनियमिकता हुदै आएको छ । पदको दुरुपयोग हुदै आएको छ । महासंघको बर्तमान कार्यसमितिका सदस्य नीजि कम्पनीको कर्मचारी भई जागिर खादै आएका छन् । सोही कम्पनीको नुनको सोझो गरेर अहिले अबैध लगानीबाट सञ्चालनमा आएका एक दर्जनजति अनलाईन मिडिया हाउसमा पत्रकारकै विरुद्धमा आफुखुशी शव्द राख्दै समाचार लेख्दै आएका छन् ।
त्यस्ता व्यक्तीलाई महासंघले कारबाही गर्न सकेको छैन । महासंघमा के हुन्छ के निर्णय हुदै छ भन्ने बारे अग्रीम सूचना दिनेहरुको पञ्जामा पुगेको नेपालको पत्रकारितामा त्यस्ता व्यक्तीले ‘होल्ड’ गरेका छन् । जनताको सुसूचीत हुने अधिकारको सम्मान गर्दै सूचना संप्रेशणमा सधै हाजिर हुने पत्रकारमाथी पैसाकै आँडमा मुद्दा दर्ता गरेर अफिस समयपछि फैसला भएको (हालसम्म आधिकारीक पत्र नआएको) भन्दै मानोबाद लेख्ने दलियपत्रकारकै कारण पत्रकारिता जगत बदनाम हुदै गएको छ । पत्रकारले देशमा भएका भ्रष्टाचार, अनियमिकता, तस्करी, सरकारी जग्गा अतिक्रम र राज्यलाई बुझाउनु पर्न कर राजस्व बुझाएन भन्दै प्रमाण सहित समाचार लेखेपछि यिनै गैरपत्रकारहरुको सहयोगमा अदालतमा मुद्दा हाल्नेहरुनै चोकमा बसेर पत्रकारिताको पाठ पढाएको पाईन्छ ।
काठमाडौं उपत्यकामा रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन प्रतिष्ठानमा पुगेर रोही कराई परिचय पत्र लिने प्रकृयाले तीब्ररुप लिएको छ । यसरी मिडिया हाउसबाट परिचय पत्र लिएपछि सोही परिचष् देखाउदै ठगीधन्दा गर्नेहरुबाटै व्यवसायीक पत्रकारिता गर्नेमाथी आक्रमण सुरु भएको छ ।
देशमो संविधान, ऐन कानुनलाई मान्दै आएका हामी पत्रकारहरु कुनैपनि सरकारी निकायबाट गरेको निर्णयलाई मान्ने छौ तर सो निकायबाट गरेको निर्णय या फैसला मान्नु अगाडी पूर्णपाठ आधिकारीक रुपमा आउनु जरुरी हुन्छ । तर यहाँ अदालतबाट कुनै जानकारी समेत नआएको अबस्थामा केही मासिक रकम बुझ्दै आएका केही गैरपत्रकारहरुबाट परिचयपत्रको गलत प्रयोग गर्दै पत्रकार र मिडिया हाउसमाथी लगाएको आरोप प्रमाणीत गर्न कतिको सक्छन भन्ने गहन प्रश्न अहिले उनीहरुमाथी लागेको छ ।
कुनै एक कम्पनीको कर्मचारीले पठाएको विज्ञप्तिलाईमात्र आधार मान्नु कतिको जाहेज हो ? एक मिडिया हाउस र त्यहाँ कार्यरत पत्रकारमाथी कार्यालय समय सकिएपछि गरेको फैसला कति ठिक कति बेठिक छ भन्ने बारे किन छानविन नगरी समाचार प्रकाशन प्रशारण गर्न आत्तुर रहे ? के यसबाट जुनजुन मिडिया हाउसले एकतर्फ समाचार प्रकाशन प्रशारण गरे ती सवै उच्च घरानीया कम्पनीको भगीनी संस्था हो ? अहिले चौतफी यही प्रश्न सोधिएको छ । यसबारे जो जसले लेखे उनीहरुले के उत्तर दिन सक्छन् ?
सरकारी जग्गा अतिक्रमण, राजस्व छलीका सम्बन्धमा समाचारमा सरकारी निकायबाटै जारी गरेको पत्र के आधिकारीक हुदैन । जग्गा तत्काल खाली गर्नु र बाँकी कर तत्काल बुझाउनु भन्दै देवचुली नगरपालिकाले पठाएको पत्र के कागजको खोस्टो सरह हो, ललितपुरको भैसेपाटीमा अतिक्रमण गरेको जग्गालाई स्थानीय बासिन्दाले लगाएको घेराबारलाई भत्काई तत्काल सार्वजनिक जग्गा फिर्ता लिन सरकारलाई दवाव दिएको के नाटक हो ? सो स्थानको जग्गा अतिक्रमण गरेको पत्रसहित समाचार प्रकाशन गर्दा कसरी हुन्छ मानहानी ?
यसरी फैसाला हुदै जाने हो भने, कुनै पनि पत्रकारहरुमाथी मुद्दा नलाग्ने ठाउँ नै हुदैन किनकी देशको सार्वजनिक सम्पत्ती, अनियमिकता, करछली, भ्रष्टाचारका समाचार लेख्दा मानहानी भएको भन्दै मुद्दा दर्ता गर्ने र अदालतबाट भएको प्रमाणलाई महत्व नदिई फैसला गर्ने हो भने अब देशभरका जेलमा पत्रकारहरुले भरिने पनि निश्चित छ । हो सरकारले अझै सम्म असुली गर्न सकेको छैन चौधरी ग्रुपले गरेको करछलीको रकम किनकी कानुनी छिद्रता प्रयोग गरि राजस्व न्यायधिकरणमा मुद्दा दर्ता गरेको छ सो ग्रुपले सो मुद्दालाई विद्यमान ऐन अनुसार एक वर्षभित्रमा मुद्दाको फैसला हुनु पर्ने हो तर अहिलेसम्म सो मुद्दा विचाराधीन अबस्थामा रहनुलाई के भन्ने ? देबचुली नगरपालिकाले कर्कलेखोलामाथी बुद्धको प्रतिमा बनाई सरकारी जग्गा अतिक्रमण गरेको र सो जग्गा तत्काल खाली गर्नु गराउनु भन्दै लेखेको पत्रले के बताउछ ? हामीहरुले प्राप्त प्रमाणका आधारमा समाचार लेखेका हौ, सत्यतथ्य छानविन गर्ने काम सरकारको हो । लेखिएको समाचार के कस्तो हो भन्नेबारे सरकारको सम्बन्धित निकायले गर्नु पर्ने थियो तर यहाँ त्यसो भएको छैन । पत्रकारले सम्बन्धित निकायमा यस्तो भएको छ सत्यतथ्य के हो छानविन गर्नु पर्छ भनेर जानकारी मात्र गराउने हो । यसभन्दा अरु अधिकार पत्रकारसंग छैन । हामीले त्यही गरेका हौ । हाम्रो धर्म पुरा गरेका हौ । पुरा गर्ने छौ । तर, यहाँ पत्रकारनै न्यायाधिश बन्ने गरेका कारण पनि पत्रकारिता आम जनताको आगाडी झुटो हुन पुगेको छ।
आदलतले कस्तो फैसाल गरेको छ भन्ने आधिकारीक पत्रनै आएको छैन । तर केही तथाकथित अनलाईन मिडियामा ‘तथ्यहीन र भ्रामक समाचार संप्रेषण गर्दै आएको भन्दै चौधरी ग्रुप कानूनी उपचारका लागि अदालत पुगेको थियो भनेर पत्रकारले कसरी प्रमाणित गरे ? अदालतमा पेश गरेको प्रमाणहरु के कागजको खोस्टो हो ? अनी तथ्यहीन समाचार संप्रेषण गरी निहित स्वार्थ पूर्ति गर्नेहरुलाई ललितपुर जिल्ला अदालतको यस्तो फैसलाले दुरुत्साहन गरेको भनेर लेख्ने पत्रकारहरुले विभिन्न उद्योगीहरुको नाममा गरेको फोन, पठाएको पत्रले के जनाउछ ?

रोशन कार्की

यदी आमसञ्चार माध्यम समाजको ऐना हो भने, पत्रकारहरु त्यो ऐनाको सिसा हुन् । कसै कसैले सोच्लान न आमसञ्चार माध्यम समाजको ऐना हो न त पत्रकारहरुले ऐनाको सिसाकै रुपमा काम गर्न सक्छन् । पत्रकारले समाजको सबैभन्दा उत्कृष्ट र निकृष्ट दुवै अभिलेख राख्नु पर्छ । त्यो राखिएको पनि छ । गाउँ, सहर, राज्य र देशलाई मात्र होइन सिङ्गो मानवजातीलाई उज्यालो छर्ने काम पत्रकारले गर्छ । तर सो उज्यालो पार्ने काममा पत्रकारनै बाधक बन्दै आएका छन् । आमसञ्चार माध्यमहरु समाजका ठूला–ठूला विशाल बजारहरु हुन् । त्यहाँ काम गर्नेहरु सो बजारमा भएका उत्कृष्ट र निकृष्टको लेखाजोखा गरी आम पाठकले बुझ्ने भाषामा जानकारी गराउने एक माध्यस्तकर्ता मात्र हुन । वास्तवमा आमसञ्चारमाध्यम ‘लोकतन्त्र सुधार समिति’ लेखिएको एउटा महत्वपूर्ण तुल हो ।
पत्रकारितालाइ मागी खाने भाडो बनाउदै केही पत्रकारहरु लागी परेका छन् । केही पत्रकारहरुले पत्रकारितालाइ मागी खाने भाँडो बनाइराखेका छन् । महासंघको तथ्याङकमा पत्रकारको सख्या ठूलो भए पनि सक्रिय पत्रकारिता गरेर जीविकोपार्जन गर्नेको संख्या निकै कम रहेको छ । चाहे पैसा मागेर होस, या झोलामा पत्रिका र अनलाईनको कार्यालय बनाई बोकेर हिड्ने गैरपत्रकारहरु यहाँ व्यावसायिक पत्रकारिताको दर्जा पाएका छन् । तीनै झोेले पत्रकारहरुले व्यापारीसंगको नाजायीज संलग्नताबाट पत्रकारितालाई बदनाम गराउदै आएका छन् । भने सक्रिय पत्रकारिता गर्नेहरू यस पेसाबाट अन्य पेसामा जाने समेत गरेको पाईएको छ । केही पत्रकारहरू पत्रकारितालाई मागी खाने भाँडो बनाइराख्न पनि लालयित छन् । फलस्वरूप सार्वजनिक या तथा कार्यक्रमहरूमा पैसा’ र ’समरस’ सँग जोडेर बेलाबेलामा पाठ्क र श्रोताहरूले पत्रकारमाथि वैचारिक रूपमा आक्रमणसमेत गरेका छन । पत्रकारिता गरेररै माथिल्ला तहमा पुगेकाबाटै पत्रकारितामाथी बलत्कार हुदै आएको छ । पत्रकारिताको धर्म निर्वाह नगर्ने पत्रकारहरू नीजि कम्पनीमा जागिर खाने र बाँकी समयमा पत्रकारीता गर्ने प्रचलन नेपालमा तीब्ररुपमा बृद्धि भएको छ । लेखेर होस् वा नलेखिकन वा धम्क्याएर जसरी भए पनि ठाडै गोजी भर्दै आएकाहरुले व्यवसायीक पत्रकारिता गर्नेमाथी आरोप लगाउनु र सो आरोप प्रमाणीत गर्न सक्ने आँट भने देखिदैन । नीजि कम्पनीमा काम गर्ने खल्तीमा पत्रकारको कार्ड बोक्ने र लाइन मिलाएर खामबन्दी गरी पैसा, लत्ताकपडा, जुत्ता, पेय पदार्थ लगायतका सामग्रीहरू लिदै आएका पत्रकारहरुमाथी सम्बन्धित मिडिया हाउस र पत्रकार महासंघले कारबाही नगर्ने हो भने पछिल्लो पुस्तामा पुग्दा पत्रकारिता दलालीको दर्जामा पुग्ने निश्चित भएको छ ।

खास गरी भन्सार कार्यालय, सिँचाइ आयोजना, क्षेत्रीय, कार्यालय, जिल्ला र इलाकास्तरीय सुरक्षा निकाय, उद्योगपति, व्यापारी र सरकारी कार्यालयको झोका ढक्क्याएर रुपैयाँ संकलन गर्दै आएका पत्रकारहरुमाथी कारबाही हुनु जरुरी रहेको छ । कार्ड बोक्नेहरुले ब्ल्याकमेलिङ पत्रकारिता, कोठे पत्रकारिता र गुटबन्दी पत्रकारिता गर्दै आएका छन् ।
ब्ल्याकमेलिङ पत्रकारिता गर्नेहरु भ्रष्ट, तस्कर र खराब प्रवृत्ति भएकाहरूलाई प्रोत्साहन हुने खालका समाचार, लेख प्रकाशन र प्रसारण गर्दैै आएका छन् । सो समर्थन गरेर समाचार लेखे वापत मासिक रकम बभ्mन प्रत्येक महिनाको ६ तारिकमा पत्रकारहरु कुनै उच्च घरानीया कम्पनीको ढोकामा लाईन लाग्दै आउने गरेका छन् । यसरी पत्रकारको हुँकार गर्नेहरु कुनै कम्पनीको निर्देशनमा सञ्चालित अनलाईन र पत्रिकाहरुको लगानीको स्रोत सार्वजनिक गर्नु पर्ने दिन आएको छ । अनी पत्रकारहरुको सम्पत्तिको स्रोत सवैभन्दा अघि सार्वजनिक गर्नु पर्छ ।

जय होस (साभार :जनमञ्च साप्ताहिक)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!