(कविता) रुद्राक्षको बोट

- July 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

–दीनबन्धु अर्याल
रिसाउने कहाँ होला कहाँ कैले खुशाउने
रुद्राक्ष बन्छ आधार सन्तुलन दवाव को
पूण्य संझाउने रोक्ने विकास तर्फ ढल्कन
मन मा शिव संकल्परुद्राक्ष ले जगाउँछ

पवित्र रूख हो सेवा पवित्रै गर्न सक्दछ
सहस्र प्रेरणा गर्छ क्षुद्र स्वार्थ हटाउन
भावना शुभ पारेर शुभ कर्म गराउँछ
रुद्राक्ष भन्छ यो इच्छा पु¥याइ देउ मानव

जटा हुन् शिव का वृक्ष गंगा घुम्छिन् जटाभरी
वन हो जल  को स्रोत  सिद्ध  हुन्छ यसै गरी
मिलान गर्छ रुद्राक्ष मन को वन वृक्ष को
पवित्र मनले गर्दा राम्रो रुद्राक्ष धारणा

शिव को दृष्टि ले सृष्टि नेपालै को मनोहर
शान्ति कल्याण प्राणी को गर्न भक्त पनि बनौं
हिमवत्खण्ड नेपाल महात्म्य राम्ररी बुझौं
समान ठान नेपाली सारा मैदान पर्वत


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!