लगनखेल डोजोमा बेल्ट टेस्ट सम्पन्न

- July 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ललितपुर :  ललितपुर स्थित आज लगनखेल डोजोमा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यमा बेल्ट टेस्ट सम्पन्न भयो।

उक्त बेल्ट टेस्टको जाँच आठौं र नवौं सागका स्वर्ण पदक बिजेता एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले गरेका थिए।

शो बेल्ट टेस्टमा प्रशिक्षण यस डोजोका प्रशिक्षक एवं राष्ट्रिय खेलाडी राजेश बज्राचार्यले गराएका थिए।त्यस्तै शो कार्यक्रममा आठौं सागका स्वर्ण पदक विजेता गंगाराम महर्जन,ललितपुर जिल्ला कुस्ती संघका अध्यक्ष दयाराम महर्जन,राष्ट्रिय किक बक्सिंग संघका पूर्व केन्द्रिय सदस्य बुद्धि बहादुर श्रेष्ठ,ललितपुर  जिल्ला किक बक्सिंग संघका अध्यक्ष बिनोद महर्जन,पूर्व राष्ट्रिय खेलाडी उमेश मल्ल,करातेका राष्ट्रिय खेलाडी बिप्लव लाल श्रेष्ठको पनि उपस्थिती थियो।

उक्त बेल्ट टेस्टमा White Belt-9th Kyu मा प्रथम विशेष महर्जन,द्वितीय असिम दाहाल र तृतीय सिर्जना सोती मगर भएका थिए।Half Orange-8th Kyu मा प्रथम कृषा के.सी, द्वितीय काभेली ढुंगाना र तृतीय सौगात कदारिया भएका थिए।Full Orange-7th Kyu मा प्रथम बिदुर सापकोटा ,द्वितीय सिलाश श्रेष्ठ र तृतीय रोहन चौधरी भएका थिए।Orange Green Belt-6th Kyu मा प्रथम समीर राई, द्वितीय दिवस थापा र तृतीय प्रतीक सुब्बा भएका थिए।

Full Green Belt-5th Kyu मा प्रथम कृशा थपलिया, द्वितीय प्रियंका भण्डारी र तृतीय माला ठाकुर भएका थिए।

त्यस्तै Brown Belt 3rd Kyu र 4th Kyu मा सबै खेलाडीहरू उत्तीर्ण भएका थिए।उक्त बेल्ट टेस्टमा १२० जना खेलाडीहरूको सहभागिता थियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!