चलचित्र काँचुलीको ट्रेलर सार्वजनिक

- July 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल, काठमाडौं बिजि बर्मा फिल्मस को ब्यानरमा कला राईको प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको ट्रेलर सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काँचुली चलचित्रमा जिवनको एक यथार्थ लाई समेटेर ट्रेलर तयार गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।

राजु लामा,राजेन्द्र बजगाईको ,शंकर अधिकारी घायलको संगीतमा रहेको गीतमा गायिका सपना श्री, नित्याशिवा, राजेन्द्र बजगाई, शम्भु रैका को आवाज गीतमा रहेको छ ।

सुशील डाँगीको छायांँकन, देव महर्जन को द्वन्द ,राजन महर्जन र्द्लििप राईको नृत्य रहेको छ । चलचित्रमा,शुभेच्छा थापा,राजन महर्जन, रबिन श्री, सुबास गजुरेल,शर्मिला शर्माको अभिनय रहेको छ ।

नव प्रस्तुतिमा, दिप कुलुङ, राजन श्रेष्ठ, अस्मि थापा,अन्जना ज्योती र गोबिन्द लामा लाई प्रस्तुत गरिएको छ। काचुली मुभी लाई तिरुपती फिल्म्सका लागि सरोज शर्मा र सुनिता भट्टराई ले बितरण गरिने अल नेपालभरी श्रावण २४ गते रिलिज गरिने आयोजकले बताएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!