श्वेताश्री फाउण्डेशनलाई ‘जुनकिरी’को सहयोग

- July 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आफ्नो जन्म दिनको अवसर पारेर रंगकर्मी नानी थापाले सिन्धुपाल्चोकमा एकिकृत माझी बस्ती निर्माण गरिरहेको यस श्वेता श्री फाउण्डेशनलाई १ लाख आर्थिक सहयोग गरेकी छिन् ।

केही महिना अगाडि नानी थापाद्वारा लिखित, निर्देशित र अभिनित एकल नाटक ‘जुनकिरी’ को च्यारिटी शोहरु आयोजना गरी सोबाट उठेको रु १ लाख रकमको चेक आज एक समारोहका बिच फाउण्डेशनकी अध्यक्ष श्वेता खड्कालाई हस्तान्तरण गरिएको छ ।

बरिस्ठ नाट्यकार अशेस मल्ल लगाएत बिभिन्न रंगकर्मी, कलाकर्मी, पत्रकार र नाट्य प्रेमिहरुको उपस्थितिमा राष्ट्रिय नाचघरमा आयोजित औपचारिक कार्यक्रमका बिच रंगकर्मी नानी थापाले सो सहयोग हस्तान्तरण गरेकी हुन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!