सिन्धु सर्जिकल कन्सनको अबैधधन्दा : चिकित्सकलाई घुष खुवाउदै उत्पादन कम्पनीको नामै नभएको सामाग्री बेच्दै

- July 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । मानव शरीरमा प्रत्यारोपण गरिने सामग्री (इम्प्लान्ट डिभाइस) को अपारदर्शी व्यापारसंगै सम्बन्धित अस्पतालका चिकित्सकलाई घुस खुवाउदै गुणस्तहिन सामाग्री बेच्दै आएको पाईएको छ । सो अबैधरुपले गरिने कारोबारबाट एकातिर बिरामीको आर्थिक भारमा भारी बृद्धि हुन पुगेको छ भने अर्कोतर्फ गुणस्तर यकिन नहुँदा जनस्वास्थ्य जोखिममा परेको छ । लडेर, ठोक्एिर घाईतेभई अस्पतालमा उपचारकालागि भर्ना भएदेखिनै सर्जिकल सामाग्रीको व्यापार गर्ने कम्पनीका सञ्चालक र सम्बन्धित अस्पतालको चिकित्सकका साथै उपचारमा संलग्न डाक्टरकै योजनामा देशभर रहेका केही त्यस्ता सर्जिकल सामाग्री बेच्ने कम्पनीसंग अबैधधन्दा नै गर्ने गरेको प्राप्त प्रमाणबाट खुलेको छ । यसरी अबैधरुपमा विरामीको उपचार खर्चमा अत्याधिक भार पर्ने र चिकित्सक, डाक्टरसंगको मिलिमतोमा करोडौ रुपैयाँको कारोबारका साथै कर समेत छली गर्नमा काठमाडौं महानगरपालिका थापाथली स्थित रहेको सिन्धु सर्जिकल कन्सर्न प्रालि थापाथली अग्रस्थानमा रहेको पाईएको छ ।
सो सर्जिकल सेन्टरले अधिकाशं सामान उपत्यका बारिर बिक्री वितरण गर्दै आएको पाईएको छ । सो सिन्धु सर्जिकल कन्सर्न प्रालिका प्रोपाईटर यज्ञबहादुर भण्डारीको एक समुहले सम्बन्धित अस्पताललाई सर्जरीका आफ्नो मुल्यमा खरिद गरेको खण्डमा डाक्टरलाई कमिशन समेत पठाउदै आएका छन् । अधिकाशं विरामीहरु सवारी दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेपछि उपचारकालागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्ने गरेका छन् । सोही मौका छोप्दै सो सिन्धु सर्जिकल कन्सर्नका प्रोपाईटर भण्डारीले गुणस्तमापन नै नगरेको सर्जिकलका सामाग्री सो अस्पताललाई बिक्री गर्दै आएका छन् । यसरी सो अस्पतालले सामान खरिद गरेको खण्डमा डाक्टरलाई कमिशन पठाएको विभिन्न बैंकको भौचरबाट खुलेको छ । सो सेन्टरले हाडजोर्नीको समस्या, मुटु रोग, दन्तरोग आदिका बिरामीको शरीरमा प्रयोग हुने सामग्री समेत अपारदर्शी रूपमा खरीदबिक्री गर्दै आएको छ भने तिनको गुणस्तर र मूल्य समेत अपारदर्शी रहेको छ । केही निश्चित एजेन्ट मार्फत बिक्री गरिदै आएका त्यस्ता उपकरणबाट विरामीलाई फाईदाभन्दापनि झन बेफाईदा पुग्दै आएको आरोप समेत लागेको छ । एकातर्फ विरामीले उच्च मुल्य तिर्नु परेको छ भने यी सामग्रीको अधिकतम खद्रा मूल्य, ब्याच नम्बर लगायतका विवरण समेत नखुलाइ बिक्री हुदाँ सरकारले कुनै अनुसन्धान समेत गरेको छैन ।
विरामीको ढाडमा राखिएको ‘स्क्रु’ नामको सामाग्रीलाई सिन्धु सर्जिकल कन्सर्न प्रालिले न्यूनतम ५० हजार रुपैयाँमा बिक्री गर्ने गरेको छ । सो सामाग्री खरिद गरेको कुनै पनि मुल्यअभिबृद्धिक कर (भ्याट) बील नदिई नर्मल विल दिने गरेको छ जसमा सो सर्जिकलको नाम समेत उल्लेख गरेको छैन । कम्पनीले बिक्री गर्दै आएको उक्त सामग्रीको खोलमा मूल्य र गुणस्तरबारेको कुनै पनि सूचना उल्लेख गरिएको छैन । भने काहाँ उत्पादन भयो भन्ने समेत जानकारी राखिएको पाइएको छैन । दुर्घटनाबाटै ढाडमा समस्या भई स्टिल राख्नु परेमा पनि विरामीले चर्को मुल्य तिर्नु परेको छ । सो कम्पनीद्वारा छोडिएका केही एजेन्ट मार्फत राजधानीका अधिकाशं अस्पतालहरुमा न्यूनतम ४५ हजार रुपैयाँमा बिक्री हुदै आएको छ । यस्ता इम्प्लान्ट डिभाइसको मूल्य बिक्रेताले मनपरी लिने गरेको पाईएको छ । प्रत्यारोपणका सामग्रीमा भइरहेको अपारदर्शी कारोबारले बिरामीलाई ठूलो आर्थिक भार पर्नुका साथै थप जटिलता समेत निम्त्याउने गरेको छ ।
संसारभर मेरुदण्डमा स्टेनलेस स्टिल, टाइटानियम र पिक गरी तीन थरीका स्पाइन इम्प्लान्ट डिभाइस प्रयोगमा आएका छन् । तर, चिकित्सकहरू हड्डी जस्तै हुने र मानव शरीर अनुकूल हुने भएकाले टाइटानियमको प्रयोग बढी हुने गरेको बताउँछन् । तुलनात्मक रूपमा सस्तो भएकाले भारतमा निर्मित इम्प्लान्ट डिभाइस बढी रुचाइए पनि भारत, अमेरिका लगायत अन्य मुलुकबाट समेत आयात भइरहेका यस्ता सामग्रीको अधिकतम खुद्रा मूल्य भने आयतकर्तालेनै तोक्ने गरेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका अनुसार विदेशबाट आयात हुने प्रत्यारोपण सामग्रीको वास्तविक मूल्यबारे चिकित्सक समेत जानकार नहुने जनाएको छ । नेपाली आयातकर्ताले मूल्य आफैं तोक्ने हुँदा बिरामीलाई आर्थिक भार परिरहेको सो ट्रमा सेन्टरले जनाएको छ । सो कम्पनीले दन्त रोगका सामग्रीको समेत अधिकतम खुद्रा मूल्य निर्धारण नगरिएका कारण ठगनु परेको छ । कमजोर दाँतलाई टिकाउन राखिने ‘डेन्टल क्राउन’ लाई अस्पतालहरूले ४ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ । डेन्टल ल्याबका अनुसार गुणस्तर अनुसार न्यूनतम १२ हजार देखि अधिकतम ७ हजार रुपैयाँसम्मका डेन्टल क्राउन अस्पताललाई बिक्री गरिने र सो सामाग्री विरामीलाई ४५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाईएको छ । सिन्धु सर्जिकल कन्सर्न प्रालि नामक कम्पनीले यसरी सम्बन्धित अस्पताल र सञ्चालकदेखि डाक्टरसम्मलाई कमिशन दिदै अत्याधिक शुल्कमा सर्जिकलका सामाग्री बिक्री गर्नेमा पहिलो सूचीमा रहेको प्राप्त कागजातबाट खुलेको छ । सो कम्पनीको म्यानेजिङ डाइरेक्टर यज्ञबहादुर भण्डारी हुन भने सेल्स म्यानेजरका रुपमा रञ्जन भण्डारीलाई जिम्मा दिइएको छ । प्रत्यारोपणका सामग्रीमा आफूले बढी मूल्य नलिएको दाबी सो कम्पनीले गरेपनि खरीद मूल्यमा सामान्य नाफा राखेर बिक्री गर्दै आएको दाबी सो कम्पनीले गरेको छ । सिन्धुले अमेरिकी कम्पनी मेडट्रोनिकबाट हाडजोर्नीको उपचारका लागि चाहिने प्लेट, स्क्रु र मुुटु रोगको उपचारमा चाहिने पेसमेकर जस्ता प्रत्यारोपणका सामग्री बिक्री गर्दै आएको छ ।
सो कम्पनीबाट विरामीका आफन्तले प्रत्यारोपणका सामग्री औषधि पसलबाट सोझै खरीद गर्न नपाउने र सो सामान चाहिएको खण्डमा एजेन्ट मार्फतमात्र खरिद गर्न सकिने व्यवस्था गरेको छ । तर, अधिकांश बिरामी वा उनीहरूका आफन्तलाई एजेन्टबारे जानकारी नहुँदा उनीहरू चिकित्सकमै निर्भर हुनुपर्ने भएकाले चिकित्सकबाट कमिशन मिलान हुने कम्पनीको सामाग्री माग गरी उच्च मुल्यमा बिक्री गरिने गरेको छ । यसरी ऐजेण्टकका रुपमा सम्बन्धित अस्पतालका डाक्टरहरुनै रहने गरेको समेत खुलेको छ । सो सम्बन्धमा पटकपटक सिन्धुका म्यानेजिङ डाइरेक्टर भण्डारीको फोनमा सम्र्पक गर्दा उनले फोन रिसिभ गरेनन् भने उनको मोबाईलमा पठाएको एसमेस तथा उनको अफिसको ल्याण्डलाईन फोन गरी सम्र्पकमा आउन सूचना छोड्दा समेत उनले बेवास्ता गरी सम्र्पकमा आएनन । हाडजोर्नी र मुटु रोगका केही चिकित्सकले बिरामीको उपचारमा चाहिने प्रत्यारोपणका सामग्रीका लागि बिरामीका आफन्तलाई एजेन्टसँग सम्पर्क गराइदिने समेत काम गर्दै आएका छन् । यसरी सिफारीस भएर गएकाहरुसंग मंहगोमा सामान किन्नु पर्ने अन्तिम बाध्यता पार्ने समेत डाक्टर वा चिकित्सकबाट हुदै आएको छ ।
प्रत्यारोपणका सामग्री औषधि जस्तो सजिलै खरीद गर्न नसकिने हुँदा एजेन्ट मार्फत नै मगाउने गरेको समेत डाक्टरहरुले स्वीकारेका छन् । डाक्टर वा चिकित्सकबाटै एजेन्ट मार्फत यस्ता सामग्री मगाइदिने गरेको छ । चिकित्सक डा. भगवान कोइराला एजेन्ट र चिकित्सकहरूको मिलेमतोकै कारण हाडजोर्नी सम्बन्धी प्रत्यारोपणका सामग्रीको मूल्य अत्यधिक हुन गएको बताउदै आएका छन् । सरकारी अस्पतालमै यस्तो अबैध रुपमा फैलिएका विभिन्न कम्पनीका ऐजेण्टहरुको सहज पहुँच रहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया कक्षसम्मै एजेन्टहरूको पहुँच रहेको छ ।
एजेन्ट वा उत्पादक कम्पनीसँगको मिलेमतोमा प्रत्यारोपणका सामग्रीहरू चर्को मूल्यमा बिरामीलाई भिडाउने चलन दशकौंदेखि चलिरहेको छ । डाक्टरबाट नेपाल मेडिकल काउन्सिलले तयार पारेको ‘कोड अफ इथिक्स’ अनुसार कुनै पनि चिकित्सकले बिरामीलाई निश्चित कम्पनीका सामान खरीद गर्न उत्प्रेरित गर्न नपाउने व्यवस्था भएपनि सो व्यवस्थालाई लत्याउदै आफुखुशी सामान खरिद गर्न उत्पेरित गर्दै आएका छन । २०७४ जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका–२०७४’ मा प्रत्यारोपण लगायतका स्वास्थ्य सामग्री बिक्री वितरणको इजाजत दिने, गुणस्तर जाँच गर्ने, मूल्य तोक्ने लगायतका जिम्मेवारी औषधि व्यवस्था विभागलाई दिइएको छ । तर, जारी भएको लामो समय वितिसक्दा समेत पनि सो निर्देशिका कार्यान्वयन हुनसकेको छैन ।
नेपालमा प्रत्यारोपणका सामग्री बिक्री गर्ने त्रिपुरेश्वरको सिन्धु सर्जिकल कन्सर्नले अमेरिकाको मेडट्रोनिक्स कम्पनीका सामग्री आयात गरेको उल्लेख गरेपनि सो सामाग्रीहरु गुणस्तहिन भएको पाईएको छ । सिन्धुले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा समेत प्रत्यारोपणका सामग्री सप्लाइ गरिरहेको छ । मेडट्रोनिक्स त्यही कम्पनी हो, जसले उत्पादन गरेका इम्प्लान्ट डिभाइस गुणस्तरहीन रहेको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) ले २०१८ नोभेम्बर २५ मा खुलासा गरेको थियो । आईसीआईजेको अनुसन्धानमा मेडट्रोनिक्सले आफ्ना उपकरण युरोपेली मुलुकहरूमा बिक्री गराउन चिकित्सकहरूलाई घुस दिने गरेको पाइएको थियो भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ ।
आईसीआईजेले गरेको खुलासामा मेडट्रोनिक्सले विगत दश वर्षदेखि उत्पादन गरेका प्रत्यारोपणका सामग्रीहरूको अनधिकृत बिक्री गरेको, विभिन्न देशका सरकारी स्वास्थ्य कार्यक्रमलाई धोका दिएको र कम्पनीलाई अनुकूल हुने गरी अध्ययन–अनुसन्धान गर्न चिकित्सकहरूलाई रकम दिने गरेको उल्लेख छ । भारतका नियामक निकायहरूको अनुगमनबाट समेत मेडट्रोनिक्सले बढी मूल्यमा प्रत्यारोपण सामग्री बिक्री गरेको पाइएको थियो । त्यस्तै, चीनको नियामक निकायले मेडट्रोनिक्सलाई बजारमा एकाधिकारको अभ्यास गरेको भन्दै जरिवाना तिराएको थियो ।
जर्मनीको कार्ल स्टोर्ज नेपालमा प्रत्यारोपणका सामग्री निर्यात गर्ने अर्को कम्पनी हो । कार्लको नेपाली एजेन्ट इष्टवेस्ट कन्सर्न प्रालिमाथि पनि आफ्ना सामान बिक्री गराउन चिकित्सकहरूलाई कमिशन दिने गरेको आरोप लाग्ने गरेको छ । आईसीआईजेले सार्वजनिक गरेको मेडिकल ‘इम्प्लान्ट फाइल’ बारेको डेटाबेसमा पनि कार्ल स्टोर्जबारे उल्लेख छ । यसैगरी पुट्ठाको हड्डी प्रत्यारोपणका लागि नेपालमा अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीका सामग्रीहरू आयात भइरहेको छ । आईसीआईजेको अनुसन्धानले भारतमा हिप प्रत्यारोपणमा प्रयोग भएका सामग्री विषालु भएको पाइएपछि त्यस्ता उत्पादन भारतीय बजारबाट फिर्ता पठाएको थियो भने अमेरिकामा सन् २०१५ यता जोनसन एण्ड जोनसनका गुणस्तरहीन उत्पादन प्रयोग गरेका बिरामीमा थप जटिलता आएपछि कम्पनीले ४ दशमलव ३ विलियन अमेरिकी डलर क्षतिपूर्ति समेत तिरिसकेको सो कम्पनीका सर्जिकलका सामाग्री बिक्रीमा युरोप, अमेरिका, अफ्रिका लगायतका मुलुकमा प्रयोग गर्न रोक लगाइएपनि नेपालमा भने विना रोकतोक आयात भइरहेको पाईएको छ । जसका कारण ति सामाग्रीका खोलहरु सवै नेपाली कम्पनीहरुले परिवर्तन समेत गरेको हुनसक्ने आशंका गरिएको छ । हाडजोर्नी, मुटु, मस्तिष्क र स्तन सम्बन्धी रोगका बिरामीका शरीरभित्र प्रयोग गरिने इम्प्लाण्ट डिभाइसमाथि भएको अनुसन्धानले विभिन्न मुलुकमा परीक्षण नगरिएका प्रत्यारोपण सामग्रीहरू प्रयोग भइरहेको खुलासा भएको छ ।
गुणस्तर परीक्षण नगरिएका प्रत्यारोपण सामग्रीका कारण ८३ हजारको ज्यान गएको उल्लेख गरेको उक्त रिपोर्टमा अफ्रिकी, एशियाली, दक्षिण अमेरिकी मुलुकमा इम्प्लान्ट मेडिकल डिभाइसमाथि नियमन गर्न कुनै नियमनकारी निकाय नभएको समेत जनाइएको छ । सरकारले मुटुको उपचारमा प्रयोग हुने केही उपकरण तथा सामग्रीमा भ्याट छुट गरेको छ । तर सिन्धुले भ्याट छुट गरेको सामाग्रीको कुनै सूची सार्वजनिक नगरी सवैलाई भ्याटमुल्य जोडेर बिक्री गरेको आरोप समेत लागेको छ । सरकारले स्टेन्ट, भल्भ, पेसमेकरमालगायतका सामाग्रीमा भ्याट छुट गरेको छ । सिन्धुले ति सामाग्रीमा समेत भ्याट लगाई बिक्री गर्दै आएको छ भने विल समेत नदिने गरेको पाईएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!