भण्डारा बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

- July 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ६ स्थित भण्डाराको हर्दी बजारमा ट्रकको ठक्करबाट गएराती एक जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार बुधबार राती अन्दाजी करिब ८ बजेको समयमा सशस्त्र प्रहरी चेकपोस्ट नजीक ना. ५. ख. ७२९३ नम्बरको ट्रकले पैदलयात्री लाई ठक्कर दिदा रौतहट जिल्ला चन्द्रनिगाहपुर बस्ने अन्दाजी ३५ बर्षीया दुख माझीको मृत्यु भएको हो ।

त्यस्तै, सोही दुर्घटनामा परी अर्का एक जना पैदलयात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा सोही ठाँउ बस्ने अन्दाजी ३५ बर्षीया गोविन्द माझी रहेको प्रहरीले जनाएको छ । घाइते माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिए लगत्तै ट्रक चालक फरार रहेको छ भने ठक्कर दिने ट्रकलाई ईलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!