नक्कली सुन देखाई ठगी गर्ने पाँच जना पक्राउ

- July 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने चितवनकी टिनु घिमिरे पन्त, काठमाडौँकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामालाई पक्राउ गरि आबश्यक कारबाहीकालागि अनुसन्धान भै रहेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाका अनुसार नक्कली सुनलाई सक्कली भनी ठगी गर्दैै आएकाहरुले बिस्कुट आकारको नक्कली सुन देखाई ठगीमा संलग्न भएको भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले नक्कली सुनसहित पक्राउ गरिएको बताएका छन् । उनीहरुले बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!