राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिबमा सिलवाल नियुक्त

- July 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा रमेश सिलवाललाई सरकारले नियुक्त गरेको छ । सोमबार सिलवालले सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा सिलवालले पद तथा गोपनियताको सपथ लिएका हुन् । केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको रुपमा प्रस्ताव गरिएको थियो ।


सिलजाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष समेत हुन् । मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुन । उनी गोल्डेन गेट कलेजको सिइओ पनि हुन् ।

राखेपको सदस्य सचिवमा नियुक्ती भएसंगै सिलवाललाई तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्नु पर्ने चुनौती समेत रहेको छ । सो चुनौतीलाई स्वीकार गर्दैै तोकिएकै समयमा साग खेल सम्पन्न गर्ने उनले बताएका छन् । तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ । चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी रहेको छ ।

सदस्य सचिब सिलवालले साग तीन पटक सर्‍यो, अब सर्नु हुँदैन, सागका लागि चार महिना बाँकी रहेको र त्यसमध्ये दुई महिना वर्षायाम रहेको भन्दै उनले क्यालेन्डर बनाएर काम गरेर समयमै सम्पन्न गर्ने बताए। उनले भने,‘ आफू जागिर खान नभई खेलकुद क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर आएको, जीवनको दुई तिहाई सम्मानजनक ढंगले शीर ठाडो राख्ने गरी काम गरेको छु, एक तिहाईमा अझै सम्मानित ढंगले जीउन चाहन्छु ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!