मेगा बैंकको अबैध धन्दा : ठगसँग मिलेर ग्राहकलाई बनायो बिचल्ली

- July 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं   । स्थापनाकालमा हलोदेखि हाइड्रोसम्मको नारा दिएर सञ्चालनमा आएको मेगा बैंकले खराब आचरण भएको व्यक्तिसँग मिलेर सोझा ग्राहकहरुलाई ठगी गर्ने गरेको रहस्य सार्वजनिक भएको छ । महानगरीय प्रहरी अपराध महाशाखा टेकुुमा परेको उजुरीको आधारमा प्रहरीले ठगी गरेको अभियोगमा मेगा बैंकको उच्च व्यवस्थापनसँग नजिक देखिएकी ४७ वर्षीया झुुमादेवी गौतम (पौडेल)लाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो भन्दै आर्थिक दैनिकले समाचार छापेको छ । 

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २६ बस्दै आएका उत्तम कुमारले पौडेलद्वारा आफू ठगिएको भन्दै अपराध महाशाखामा जाहेरी दिएको आधारमा ४७ वर्षीय झुुमादेवी पक्राउ परेकी हुुन् । पक्राउ परेकी झुुमादेवीले मेगा बैंकको उच्च व्यवस्थापनसँग मिलेर ग्राहकलाई जग्गा तथा तथा घर दिलाइदिने बहानामा ठगी गर्ने गरेको उत्तम कुमारले अपराध महाशाखामा झुुमादेवीविरुद्ध हालेको उजुरीमा उल्लेख छ । 

उत्तम कुमारले अपराध महाशाखामा हालेको जाहेरी दरखास्तमा भनिएको छ, ‘म जाहेरवाला र निज कसुुरवालाबीच २०७४ मंसिर २९ गते भएको शर्तनामा हुुँदा म जाहेरवालाको नाममा भएको काठमाडौं महानगरपालिका वडा नम्बर २९ म्हेपीस्थित ग्लोबल माउन्टेन आउट वेयर उद्योग नामक कम्पनीको नाउँमा रहेको कामनपा वडा नम्बर २९ को कि.नं. ८२ को क्षेत्रफल ३५२.२० व.मि. र सोही कित्ता नम्बर २ को क्षेत्रफल २६१ व.मि. समेत दुई कित्ता जग्गा, घरटहरा र उक्त उद्योगमा रहेको सम्पूर्ण मेसिनरी सामान, उपकरण र उक्त उद्योगको नाममा मेगा बैंकमा रहेको ऋण आठ करोड रुपैयाँ निज कसुरवालाले स्वीकार गर्ने, सोबापत निज कसुरवालाको नाउँमा रहेको कामनपा वडा नम्बर २९ को सिट नं. १०२—१०२४—०५ सिट नं. २३२ क्षेत्रफल ०—४—२—२१४९.०४ वर्गमिटर घरजग्गा र प्रभुु बैंकमा निज कसुरवालाको नाउँमा रहेको ऋण रकम एक करोड २१ लाख म जाहेरवालाले स्वीकार गर्ने सहमति भई हामीहरुबीचमा २०७४ मंसिर २९ मा सट्टापट्टाको शर्तनामा समेत भएको हुुँदा उक्त मितिमा भएको शर्तनामाबमोजिम म जाहेरवालाको नाउँमा रहेको उल्लिखित उद्योग, उद्योगको सम्पूर्ण मेसिनरी सामानहरु, उपकरणहरु, उद्योगसँग सम्बन्धित सम्पूर्ण कागजातहरु, उद्योगको नाउँमा रहेको उल्लिखित दुुई कित्ता जग्गा, घरटहराहरु र उद्योगको नाउँमा रहेको ऋण रकम समेत निज कसुरवालाको नाउँमा मिति २०७४ पुस ४ मा नामसारी गरिदिएको र अब म जाहेरवालाले एक करोड २१ लाख रुपैयाँ निज कसुुरवालालाई बुुझाई निज कसुुरवालाको नाउँमा रहेको उल्लिखित घरजग्गा म जाहेरवालालाई सम्बन्धित मालपोत कार्यालयमा उपस्थित भई लिखत रजिष्ट्रेसन पास गरिदिनुुपर्नेमा मैले मेगा बैंकबाट एक करोड ५० लाख रुपैयाँ २०७४ पुस २४ मा स्वीकृत गराई उल्लिखित घरजग्गा म जाहेरवालालाई पास गरिदिनुुहोस् भनी पटक–पटक अनुरोध गर्दा मेरो नाउँमा रहेको घरमा गई बस्नुुहोस् भनी अन्य भाडामा बसेका व्यक्तिहरुलाई हटाई म हाल उक्त घरमा बसिआएको छुु । आजभोलि भन्दै घरजग्गा पास नगरिदिएको हुँदा निज कसुरवालाले किन मलाई घरजग्गा पारित गरी नदिएको भनी शंका लागि सम्बन्धित प्रभुु बैैंकमा गई बुुझ्दा उल्लिखित घरजग्गा निज कसुुरवालाले प्रभुु बैंकमा एक करोड २१ लाख रुपैयाँ ऋण रकम भनिएकोमा उक्त ऋण नभई दुुई करोड ५० लाख रुपैयाँ ऋण लिएको रहेछ । उक्त सम्पूर्ण रकम चुक्ता तिरी बुुझाई घरजग्गा रोक्का फुुुकुुवा गरी मेगा बैंकबाट तीन करोड ४० लाख रुपैयाँ पुुनः कर्जा लिएको रहेछ । 

यसरी निज कसुरवालाले उल्लिखित घरजग्गा म जाहेरवालालाई पास गरिदिने नियत नराखी मेरो सोझोपनको फाइदा उठाई लोभ्याई मलाई झुक्यानमा पारी मलाई बैंकबाट लिएको ऋण रकम समेत लुुकाई उल्टै अन्य बैंकहरुबाट समेत म जाहेरवालाले भुक्तानी गर्नुपर्ने भन्दा दुुई करोड १९ लाख रुपैयाँ बढी रकम ऋण लिई उक्त घरजग्गा म जाहेरवालालाई पास गरी नदिई मेरो नाममा रहेको उद्योग, उद्योगमा रहेको मेसिनरी सामान, उपकरण, उद्योगमा रहेको दुुई कित्ता जग्गा समेत पास गरी लिई आफूले पास गरिदिनुुपर्ने घरजग्गा पास गरी नदिई मलाई मिति २०७६ जेठ २९ गतेसम्म मबाट प्राप्त मेरो सम्पत्तिबाटै विपक्षीले आफ्नो अनुकूलको फाइदा लिई मलाई नोक्सान गरेको हुुँदा निजलाई यथाशीघ्र पक्राउ गरी निजले मुुलुुकी अपराध संहिता २०७४ को दफा २४९ को कसुर गरेकोले ठगीमा कानुुनी कारबाही गरी हदैसम्मको सजाय गरी न्याय पाऊँ, जाहेरीमा भनिएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!