अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्राउन मेला उपयुक्त हुने

- July 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको पाँचौ चेम्बर एक्स्पो आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीमार्ग काठमाडौंमा आयोजना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्रायाउँदे मुलुकको आर्थिक विकासमा टेवापुग्ने विश्वास सो मेलाबाट लिइएको छ । मुलुक आर्थिक सम्बृद्धितर्फ उन्मुख भैरहेको अवस्थामा दिनहु व्यापार घाटा चुलिँदै गएको विदितै छ । मुलुकको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ । चुलिँदै गइरहेको व्यापार घाटा न्युनिकरण गर्दै आर्थिक कृयाकलापलाई तिब्र गतिमा चलाय मान बनाउन निजी क्षेत्रको सक्रियता महत्वपुर्ण हुनेमा दुई मत छैन । यस्तो अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको सशक्ति करणबाट मात्र सम्भव हुने मुलमन्त्र सहित पाँचौ संस्करणको मेला आयोजना गर्न लागिएको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।
विहिबार पत्रकार सम्मेलन गर्दै नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले भने,‘झण्डै आधादर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ, यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।’ चेम्बर अफकमर्शका मेला समिति संयोजक राष्ट्रभूषण चाकुबजीले भने,निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य हो, पछिल्ला चार पटकसम्मको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तकृया, आयात–निर्यातको सूचनाआदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।’ यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ताहित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने जनाइएको छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासी योग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसकालागि आवश्यक पहलकदमी समेत लिने उदेश्य राखेको छ । विगतवर्षका मेलामा जस्तै यो मेलामा पनि विभिन्न मुलुकहरुबाट उद्योगी व्यवसायी तथा तिनका छाता संगठनहरुले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास आयोजकले लिइएको छ । मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाललगायत भारत, चिन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्यराष्ट्रहरुमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!