प्रहरी दमन र ज्यादती बढ्यो भन्दै नेपाल कम्युनिस्ट पार्टीले १९ र २० गते जुलुस निकाल्ने

- July 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले पुर्वका भोजपुर,संङखुवासभा,सोलुखुम्बु लगाएतका जिल्लामा प्रहरीले हतियार सहित प्रहरी गाउँ गाउँमा बसेर गाउँलेहरु अातङ्कित पार्ने तर्साउने गरेको बताएको छ ।

यसै क्रममा नेकपाले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको विरोधमा यही असार १९ र २० गते सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सङ्घर्षका कार्यक्रम अन्तर्गत असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस निकाल्ने र २१ गते देशव्यापी विशाल जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी नेकपाको केन्द्रीय कार्यालयले दिएको छ ।


सरकारले असार १६ गते सङ्खुवासभा जिल्लाको सिलिचुङ १ सिसुवाटार होङ्लामा जनताको घरमा बास बसिरहेका नेकपाका नेता–कार्यकर्तामाथि अन्धाधुन्द गोली प्रहार गरेको थियो । उक्त घटनामा नेकपातर्फ क्षति नभए पनि सरकारी दमन तीव्र बन्दै गएपछि नेकपाले त्यसकाविरुद्ध सङ्घर्ष घोषणा गरेको हो ।

सरकारले जेठ ७ गते भोजपुरमा तीर्थ घिमिरे ‘राजु’ र असार ५ गते सर्लाही इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरिसकेपछि हत्या गरेको थियो । सरकारी दमन र हत्याको देशव्यापी विरोध भइरहेको सन्दर्भमा प्रहरीले सङ्खुवासभा, कालीकोटलगायत जिल्लामा व्यापक दमन सुरु गरेको छ । नेकपाले सबैखाले दमनको विरोध गर्दै आएको छ ।


प्रहरी दमन र ज्यादती विरुद्ध शशक्त अान्दोलनमा सहभागी बन्न नेकपाले पार्टी पक्ति लाई निर्देशन दिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!