सन्राइज बैंकको शाखा मणिग्राममा

- July 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा रुपन्देहीस्थित मणिग्राममा १११ औं शाखा संचालनमा ल्याएको छ । मंगलवार आयोजित औपचारिक कार्यक्रमा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य ईं शैलेन्द्र गुरागाईंले संयुक्त रmपमा उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १११ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्दै जाने योजना रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!