भुटानमा कमल थापाले पहिलो खेल जिते

- July 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,  भुटानको थिम्पुमा आजदेखि ५औं भारत-भुटान मैत्रि टेनिस प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ।

मेन्स सिंगल्स, लेडिज सिंगल्स, ४५+समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन् । नेपालको तर्फबाट मेन्स सिंगल्समा एवन लिसानेविच र कमल थापा, लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५+ सिंगल्समा कमल थापा,चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।

मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जे लाई (७-५,७-६) र एवन लिसानेविचले भुटानकै  जिग्मे नोर्बु लाई (६-०,६-२) मा पराजित गरे।

लेडिज सिंगल्सको पहिलो राउण्डमा नेपालकी असलेषाले भुटानकी चेन्चो डेमलाई (६-०,६-०) मा पराजित गरिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!