ग्रेडलाई प्रमुख ठानी छोराछोरीलाई तनाव दिनु बुद्धिमानी होइन !

- July 2, 2019 मा प्रकाशित

एसइईको नतिजा प्रकाशन भइसकेको छ । परीक्षार्थी परिवारमा खुशियाली तथा तनाव दुवै मिश्रित अवस्था देखिंदैछ । जसको बच्चाले ‘ए प्लस’, ‘ए’ वा ‘बी प्लस’सम्म ल्याएका छन्, तिनीहरू लडडु बाँड्दैछन् ।

घरपरिवारमा निकै नै खुशीको माहोल छ तर जसको घरमा ‘बी’ देखि ‘डी’सम्मका श्रेणी आएको छ, त्यहाँ खुशी कम बढी तनावको अवस्था उत्पन्न भएको छ ।

अभिभावकहरूले नानीबाबुहरूलाई पढ्ने बेलामा ध्यान नदिएको, बढीजसो खेलकूदमा समय बिताएको, खराब साथीको सङ्गतमा परेको जस्तो आक्रोशपूर्ण गुनासो गरेर घरभित्र यतिबेला तनाव सृजना गरेको देखिन्छ ।

यसो गर्नु उचित होइन । यतिबेला नानीबाबुहरूलाई गालीभन्दा पनि राम्रो परामर्शको आवश्यकता छ । ठीकै छ अब एघार र बा¥ह कक्षामा अलि बढी मेहनत गरे सबै कुरा राम्रो भइहाल्छ भन्ने सल्लाहसुझावको जरुरी छ ।

विद्यार्थीले समयमा राम्रोसँग नपढेको होला तर पनि यतिबेला त्यो कुरा कोट्याउनुको कुनै अर्थ छैन । नानीबाबुको परीक्षाफल बिग्रिनुमा जति दोषी विद्यार्थी छन्, त्योभन्दा कम्ती दोषी अभिभावक तथा विद्यालय प्रशासन र स्वयम् शिक्षा मन्त्रालय पनि छैनन् ।

विद्यालयहरूमा भ्रष्टाचार व्याप्त छ । दरबन्दी अनुसारको विषयगत शिक्षक छैन । आवश्यकता अनुसारको विषयगत शिक्षक छैन । पठनपाठन सिकाइमा भन्दा पनि पढाइ (झाराटराइ)मा बढी केन्द्रिकृत रहने पुरानो परम्पराको निरन्तरता अभैm कायम छ ।

समान तहमा समान तलब छैन, अनेक प्रकारका शिक्षकहरू कार्यरत छन् र शिक्षकहरू स्वयम् विभिन्न प्रकारका मानसिक एवं आर्थिक तनावमा रहेका छन् । समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैन ।

यतिधेरै समस्या भएपनि सरोकारवाला निकायको नियमित अनुगमन पठनपाठनबारेमा शून्य नै छ र स्वयम् अभिभावकसमेत कहिले विद्यालयमा गएर आप्mना नानीबाबुको पढाइ र सिकाइ उपलब्धिबारे सोध्ने चलन नभएको अवस्थामा केवल परीक्षार्थीलाई मात्रै यतिबेला दोष दिनु अथवा तनाव दिनु कुनै पनि अर्थमा सकारात्मक मान्न सकिन्न ।

अहिले सामाजिक सञ्जालमा कसले कति अङ्क पायो वा कति ग्रेड पायो ? यो विषय अत्यन्तै चासोको विषय बनेको छ । यति ग्रेड आयो र उति ग्रेड आयो भनेर अरूलाई देखाउने होडबाजीले एसइई परीक्षा विद्यार्थीको लागि मूल्याङ्कनभन्दा पनि विद्यार्थीको परिवार र आफन्तलाई समाजमा अब्बल देखाउन प्रयोग गरिने अस्त्र बनिरहेको छ ।

यस्तो मनोविज्ञान कदापि राम्रो मान्न सकिन्न । शिक्षाको वर्तमान अवस्था अभैm पनि हेर्दा शैक्षिकस्तर, अध्यापनशैलीलगायतका कुराहरूमा केही वर्षयता शहरी क्षेत्रमा उल्लेख्य मात्रामा परिवर्तन आए तापनि दूरदराजका ग्रामीण भेगमा शैक्षिक अवस्थामा खासै सुधार हुन सकेको छैन ।

फलस्वरूप नतिजालाई जीवनको सफल निचोड हो भन्ने बुझाइले गर्दा उत्तीर्णाङ्क ल्याउन नसकेर आत्महत्या गर्नेहरू पनि हाम्रै समाजमा छन् । जुन कुरा हामीले प्रत्येक वर्ष नतिजा प्रकाशनका समयमा सुन्दै आएका छौं। त्यसो त आत्महत्या गर्न उकास्ने पनि यही समाजका हुन् । किनकि कम अङ्क ल्याउनेलाई जुन तरीकाले प्रस्तुत गरिन्छ, त्यो अत्यन्तै दुःखदायी छ ।

यो परीक्षा नै अन्तिम हो भनेभैंm गरी परीक्षामा राम्रो अङ्क नआउनेहरूको जिन्दगी नै सकियो भन्ने तरीकाले चित्रण गर्ने परिपाटीले यस्तो दुर्घटना वर्षैपिच्छे सुनिने गरिन्छ । त्यसो त एसइईमा उच्च ग्रेड ल्याउनेलाई बधाई दिनै नहुने भन्ने आशय हुँदै होइन ।

तथापि विद्यालयको परीक्षामा प्राप्त उच्च अङ्क वा ग्रेडले एउटा मानिसको जीवन पद्धति वा पूरै जीवन निर्धारण गर्न सक्दैन । भलै उच्च अङ्क ल्याउनेहरू उच्च स्थान, पद र ओहोदामा होलान् तर कम अङ्क ल्याउनेहरूलाई मनोवैज्ञानिक असर पर्ने गरी चित्रण गर्दा यसबाट बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक दुष्प्रभावबारे सतर्कता अपनाउन जरुरी छ ।

नतिजा प्रकाशनसँगै छोराछोरीले कम अङ्क ल्याए, कम ग्रेड ल्याए, फलानोको छोराको यति, फलानोको छोरीको ग्रेड यति भनेर आप्mना सन्ततिलाई कृपया मानसिक तनाव दिने काम नगरौं ।

एउटा परीक्षाले दिएको अङ्कले भन्दा पनि तपाईंले सिकाउनुभएको संस्कार, अनुशासनले जीवन अगाडि बढाउनमा मदत गर्ने हो । यस कुरालाई व्यावहारिक जीवनमा अभिभावकहरूले कहिले बिर्सनुहुन्न ।

देशको बागडोर सम्हाल्ने मात्र नभई महान् दार्शनिक, वैज्ञानिकलगायत विभिन्न क्षेत्रमा अब्बल भनेर प्रमाणित गर्नेहरू जति सबै विद्यालयको परीक्षामा उत्कृष्ट भएका थिएनन् । एउटा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेले अरू परीक्षाहरूमा उत्कृष्ट अङ्क ल्याउलान् भन्न सकिएला तर जिन्दगीको प्रत्येक मोडमा आउने हरेक परीक्षा विद्यालयको पाठ्यक्रममा आधारित नहुन सक्छ ।

उसो त एसइईमा राम्रो अङ्क (ग्रेड) ल्याउनेहरू नाम चलेका कलेज खोज्छन्, अधिकांशले विज्ञान विषय पढ्छन्, प्लस टु सकाउँछन् र उच्च शिक्षा अध्ययनका नाममा अस्ट्रेलिया, अमेरिका, क्यानडा हुइँकिन्छन् र उनीहरूको एउटै उद्देश्य हुन्छ, त्यहाँको ‘पिआर’ । अन्ततः राम्रो अङ्कले देशलाई के दिइरहेको छ त ? यसतर्पm पनि विचार गर्न जरुरी छ ।

वास्तवमा भन्ने हो भने एक/दुई जना अपवादबाहेक अधिकांशको सपना यही हुन्छ । सबै उच्च अङ्क ल्याउने विदेशिने हो भने देशमा बस्ने चाहिं आखिर नपढेका, ज्ञान नभएका वा बालबच्चा र वृद्ध मात्रै त हुन् ?

‘राम्रो अङ्क ल्याऊ, राम्रो कलेजमा अध्ययन गर, त्यसपछि अस्ट्रेलिया, क्यानडा जाऊ’ भन्ने जस्ता कुराहरूमा जबसम्म परिवारको धारणा परिवर्तन हुँदैन, तबसम्म यो देशमा दक्ष जनशक्ति अभाव भई नै रहन्छ।

नतिजा प्रकाशनसँगै एसइईमा राम्रो ग्रेड ल्याउने जतिले विज्ञान नै पढ्नुपर्छ भनेर पारिवारिक दबाब तथा सामाजिक दबाब उत्तिकै छ । डाक्टर, इन्जिनियर मात्रै समाजमा हुने हो भने त्यो समाज कस्तो बन्ला ?

एकपटक परिकल्पना गरेर हेरौं त । अथवा भएका डाक्टर तथा इन्जिनियरले चलाएको अस्पताल र बनाएको सडक तथा भौतिक निर्माण को गुणवत्ता कस्तो छ ? यसतर्पm पनि चिन्तनमनन हुनु जरुरी छ ।

समाजमा आप्mना सन्तति विज्ञान पढेको भन्दा गर्वले छाती फुलाउने मात्र हैन आपूmले रोजेको हरेक क्षेत्रमा मेहेनत गरेर अगाडि बढ्न चाहिं परिवारले प्रेरित गर्न सक्नुपर्छ । मान्छेले जीवनकालभरि परीक्षा दिइरहन्छ ।

विद्यार्थीकालमा पाठ्यक्रमको परीक्षा दिन्छ भने समयसँगै एउटा छोरा वा छोरी, एउटा पति वा पत्नी, एउटा अभिभावक वा अन्य धेरै भूमिकाको परीक्षा दिइरहन्छ । जीवन एक भोगाइ हो । चुनौतीहरू आउँछन् र जान्छन्, सामना गर्ने धैर्यता चाहिं हुनुपर्छ ।

त्यसैले एउटा परीक्षालाई विद्यार्थीको एक वर्षको मूल्याङ्कनको रूपमा लिऊँ, पूरै जीन्दगीको परीक्षाको रूपमा हैन । आज कमजोर देखिएकाहरू भोलि बलिया हुनेछन् । आज अनुत्तीर्ण भएकाहरू भोलि जीवनका विभिन्न घुम्तीमा आउने परीक्षामा गोल्ड मेडल प्राप्त गर्नेछन् भन्ने कुरा कहिले नबिर्साैं । प्रतीकका साथमा । 

Facebook Comments

प्रतिक्रिया