नेपाली जुत्ताघरद्वारा एसईई उत्तिर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

- July 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली जुत्ताघरले २०७५ सालको एसईईमा उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकवर्गहरुले नेपाली जुत्ताघर मार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाउने लक्की ड्र कुपन मार्फत भाग्यशाली विद्यार्थीले छात्रवृत्ति पाउने व्यवस्था मिलाएको सो घरले जनाएको छ । विगतमा पनि नेपाली जुत्ताघरले यस्तैखाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ, नेपाली जुत्ताघरले प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक पुष्पा बस्नेतलाई सो संस्थामा आश्रीत बालबालीकाका लागि जुत्ता सहयोग गरेको थियो । विभिन्न प्रकृतिक प्रकोपका बेला पनि आर्थिक तथा भौतीक सहयोग गर्दै आइरहेको छ । यसै आर्थिक वर्षदेखी जुत्ताघरबाट बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैया संकलन गरी एउटा शैक्षिक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न लागिएको छ । एसईई छात्रवृत्ति योजना अन्र्तगत पहिलो पुरुष्कार नगद छात्रवृत्ति पचास हजार, एकजनालाई, दोस्रो पुरुष्कार नगद छात्रवृत्ति २५ हजार, दुईजनालाई, तेस्रो पुरुष्कार नगद छात्रवृत्ति १० हजार, पाँच जनालाई, सान्त्वना पुरुष्कार दुईजोर कलेज ड्रेस जुत्ता, २० जनालाई उपलब्ध गराईनेछ । सो छात्राबृद्धिकालागि जुत्ता खरिद गर्दाको अर्धकट्टी कुपन अनिवार्य पेश गर्नुपर्नेछ, विद्यार्थी भएको परिचयपत्र, प्रमाणपत्र पेश गर्नुपर्ने छ ।
यो उपहार योजना नतिजा २०७६ भाद्र १ गते नेपाली जुत्ताघर जमलमा खोलिनेछ । यो उपहार योजना घोषणा भएको १५ दिनभित्र प्रमाण पेश गरी लगिसक्नुपर्नेछ, अन्यथा कम्पनी छात्रवृत्ति दिन बाध्य हुनेछैन ।
बिजेताको नाम, कुपन नम्बर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिनेछ ।
यसैबीच, यस वर्षको समरशेल मेला सुरु भएको छ । ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका ६ वर्ष देखि संचालित नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि सोमबारबाट सुरु भएको छ । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, बुद्धमल बालाजु स्थीत आफ्नै बिक्री कक्षमा स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन भएको छ ।
यो वृहद समरसेल २०७६ को प्रमुख उद्धेश्य नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी १५ देखी ५० प्रतिशत सम्मको बिशेष छुट र ३०० देखी बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्री खरिद गर्न सकिनेछ । यस समरशेलको उद्धेश्य नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयात लाई न्युनिकरण गर्न सहयोग पु¥याउनुनै रहेको सो जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्ययले बताएका छन् । साथै आम जनमानसमा रहेको सेल मेला भनेको कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्री गर्ने बुझाई भनौ या गलत भ्रम लाई चिर्नका लागी कम्पनीका गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ यो मेलामा बिक्री गर्न लागिएको होे । यस मेलालाई उपभोक्ताले सर्व सुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास जुत्ताघरले लिएको जुत्ताघरका अध्यक्ष उपाध्यायले बताए ।
यो समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्रि वितरण गरिनेछ । माथी उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन । यो समर सेल मेलामा १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!