नेपाल्स स्टार तथा प्लस साइज मोडलले देखाए ट्यालेन्ट

- July 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ,सिद्धि मिडिया आयोजक रहेको सौदर्य प्रतियोगिता ‘नेपाल्स स्टार मोडल २०१९’ र ‘नेपाल्स् प्लस साइज मोडल २०१९(सिजन –४)’का प्रतियोगीतले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् ।

युनिभर्सल लन्च एण्ड बार तीन कुनेमा आइतबार आयोजित ट्यालेन्ट राउण्डमा दुबै प्रतियोगीताका सबै प्रतियोगिले प्रतिभा देखाएका हुन् । कार्यक्रममा अधिकाम्स प्रतियोगीले नृत्य र गायन प्रतिभा देखाएका थिए, भने केहीले अभिनय र ड्रामा समेत प्रस्तुत गर्न भ्याए ।

दुबै प्रतियोगिताको अन्तिम स्पर्धा असार १८ गते बुधबार राजधानीमा आयोजना हँुदैछ । कार्यक्रममा ‘नेपाल्स स्टार मोडल’ तर्फ १६ जना र ‘नेपाल्स् प्लस साइज मोडल’ तर्फ ८ प्रतियोगी भिड्दै छन् ।

सचु गुरुङ, बालकृष्ण पोखरेल, रीता केसी, अमिता शाह, आयुस ठकुरी, आकाश गिरी लगायत ट्यालेन्ट राउण्डको निर्णायकमा रहेका थिए ।

दुबै कार्यक्रममा युवायुवतीको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धी र उपयुक्त प्लेटफर्म श्रृजर्ना गर्ने उदेश्यले आयोजना गरिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगिताको शिर्ष विजेताले ३० हजार नगदसहित विभिन्न उपहार र फस्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगद सहित विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सिद्धीले मिडियाले मोटाहरुको लागि नेपालमै पहिलो पटक यो प्लससाइज मोडल आयोजना गरेको हो । यस अगाडि सिद्धी मिडियाले मोटीहरुको लागि ‘मिस चम्बी मोडल’ समेत आयोजना गरेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!