नारायणगढ-मुग्लिन सडक खण्डमा डोजर सहित प्रहरी परिचालन

- July 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन,  नेपालकै लाइफलाइनका रूपमा चिनिएको नारायणगढ- मुग्लिन सडक खण्डमा अक्समात पहिरो गए मेेेचीदेखी महाकालीबाट ओहोरदोहोर गर्ने यात्रुहरु निकै समस्यामा पर्छन् ।

बर्षायाममा पहिरोकै कारण दर्जनौँ यात्रुहरु मारमा पर्ने गरेको घट्ना यस क्षेत्र भएर ओहोरदोहोर गर्ने यात्रुहरू लाई कुनै नौलो कुरै भएनन् । बर्षायाममा देखिने यस्ता खाले समस्या समाधानका लागी चितवन प्रहरीले यस पटक भने विशेष तयारी गर्ने भएको छ ।

सो, सडक खण्डमा जाने पहिरोले सडक अवरुद्ध हुने र यात्रुले समेत अनेक सास्ती भोग्नु परेको विगतलाई मध्ययनजर गर्दै चितवन प्रहरीले नारायणगढ – मुग्लिन सडक खण्डमा पहिरो गए तत्कालै हटाउन डोजरसहितको प्रहरी टोली परिचालित गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लका अनुसार यात्रुलाई समस्या नपर्ने गरी समस्याको समाधानका लागि चितवन प्रहरीले विशेष तयारी गरेको बताउनुुुभएको छ ।

उहाँका अनुसार इलाका प्रहरी कार्यालय मुग्लिङ्ग र प्रहरी चौकी जुगेडीमा दुई वटा डोजरसहित प्रहरी परिचालन गरिएको छ । जहाँ प्रहरी नायब निरीक्षकको टोली हुन्छ ।

५ जनाको समूहमा रहेको उक्त टोलीले सडक अवरुद्ध भए तत्कालै खुलाएर सवारी आवागमन सुचारु गर्ने छ भने पहिरो हटाउनुका साथै, कतै दुर्घटना भए पनि उद्धार समेत गर्नेछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!