चलचित्र ‘काँचुली’ को अफिसियल पोस्टर सार्बजनिक

- July 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, बि जि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र काँचुलीको  पहिलो पोस्टर सार्बजनिक भएको छ  ।

चलचित्र युनिटले आज काठमाडौंको भद्रकाली मन्दिर परिसरमा अनाथ असहाय हरु लाई दहि चिउरा बितरण गर्दै चलचित्रको पहिलो  पोस्टर सार्बजनिक गरेको हो ।

चलचित्रमा शुभेच्छा थापा,रबिन श्री,सुभाष गजुरेल,शर्मिला शर्मा र राजन महर्जन को मुख्य  भुमिका रहेको छ   ।

छायांकन सुशील डाँगी,दन्द्व देव महर्जन ,नृत्य राजन महर्जन र दिलिप राई ,बितरण तिरुपती फिल्मसका लागि सरोज शर्मा र सुनिता भट्टराई, लेखनर निर्देशन शंकर अधिकारी घायल को रहेको छ ।

चलचित्रमा  संगीत राजु लामा, राजेन्द्र बजगाईँ ,शंकर अधिकारी घायलको रहेको छ भने सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाइ र शम्भु रै का आवाज रहेको छ । काँचुली श्रावण २४ गते रिलिज गरिने  चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताए  ।

आज नै सामाजिक विषय बस्तुमा तयार पारिएको नेपाली कथानक चलचित्र चार्जरको पनि घोषणा गरिएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!